काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मूल्य ५०० रुपैयाँ र चाँदीमा ६० रुपैयाँ प्रतितोला घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार २८५ मा रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार एक तोला सुन रु दुई लाख ५० हजार २०० र चाँदी रु तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।

















प्रतिक्रिया दिनुहोस्