Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सार्वभौम क्रेडिट रेटिङमा नेपालले पायाे ‘बीबी माइनस’, दीर्घकालीन लगानी प्रवाहलाई थप प्राेत्साहन पुग्ने

सार्वभौम क्रेडिट रेटिङमा नेपालले पायाे ‘बीबी माइनस’, दीर्घकालीन लगानी प्रवाहलाई थप प्राेत्साहन पुग्ने
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालले अन्तर्राष्ट्रिय क्रेडिट मूल्यांकन संस्था फिच रेटिङ ( Fitch Ratings) बाट सन् २०२५ का लागि पुनः  बीबी (BB) सार्वभौम क्रेडिट रेटिङ प्राप्त गरेको छ। गत वर्ष जस्तै यो वर्ष पनि नेपालले उही स्तरको रेटिङ कायम राख्न सफल भएको हो।

विज्ञापन
Advertisement
Advertisement

सामाजिक–राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तताको दबाबका बीच पनि नेपालले रेटिङ कायम राख्नु देशको समष्टिगत आर्थिक स्थायित्व, दीर्घकालीन दायित्व पूरा गर्ने क्षमताको अन्तर्राष्ट्रिय पुष्टि तथा सुदृढ वित्तीय अनुशासनको संकेतका रूपमा लिइएको छ।

अर्थ मन्त्रालयका अनुसार आगामी चुनावलाई केन्द्रित खर्च तथा सम्भावित अनिश्चितता बढ्ने अनुमानका बावजूद सरकारले राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता, र रणनीतिक परियोजनाको अवरोधरहित निरन्तरताजस्ता नीतिगत कदमहरूले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास बलियो बनाएको छ।

यस रेटिङ स्थिरताले नेपालको वैदेशिक लगानी आकर्षण, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार, तथा भविष्यमा सम्भावित सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्न मद्दत गर्ने अर्थ मन्त्रालयले जनाएको छ। विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा दीर्घकालीन लगानी प्रवाहलाई यसले थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

सरकारले अन्तर्राष्ट्रिय विकास साझेदार, लगानीकर्ता, निजी क्षेत्र तथा नागरिकले देखाएको विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी, रोजगारी सिर्जना र सामाजिक आर्थिक रूपान्तरण प्रति दृढप्रतिबद्ध रहेको स्पष्ट गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit