Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

निर्माण व्यवसाय विकास परिषद्वारा भौतिक पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

निर्माण व्यवसाय विकास परिषद्वारा भौतिक पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान
विज्ञापन
Advertisement

काठमाडौं। निर्माण व्यवसाय विकास परिषले जेन-जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा उक्त रकम जम्मा गरिएको हो। परिषद्का अध्यक्षसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई चेक हस्तान्तरण गरेका हुन् ।

यो सँगै कोषमा ७ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहने गरी भौतिक पुनर्निर्माण समिति गठन गरेको थियो ।

समितिको केही दिनअघिको बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit