Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

नागरिकलाई संविधान बुझाउन पोखरामा प्रदर्शनी

नागरिकलाई संविधान बुझाउन पोखरामा प्रदर्शनी
विज्ञापन
Advertisement

पोखरा । कानूनी तथा संवैधानिक जनचेतनाका लागि पोखरा रिसर्च सेन्टरले संविधानमा भएका व्यवस्थाहरु प्रदर्शनीमा राखेको छ । असोज २६ देखि ३१ गतेसम्म चल्ने यो प्रदर्शनीले संघीयता र यसको संरचनात्मक विषयलाई बलियो बनाउने पोखरा रिसर्च सेन्टरका अनुसन्धान सहायक श्रीकृष्णध्वज बस्नेतले बताए ।

विज्ञापन
Advertisement
Advertisement

‘अहिले हामीले संविधानमा भएका व्यवस्थाहरु प्रदर्शनीमा राखेका छौँ । जसको कारणले एउटा नागरिक स्तरमा एउटा कानुनी जनचेतना तथा संवैधानिक चेतना वृद्धि गर्ने हिसाबले हामीले यो कार्यक्रम गर्दै आइरहेका छौँ,’ उनले भने ।

उनका अनुसार प्रदर्शनीमा संविधानमा भएका व्यवस्थाको विषयमा अन्तक्र्रिया गर्नुका साथै विभिन्न जनचेतनामूलक भिडियोहरुको पनि व्यवस्था गरिएको छ । ‘यहाँ हरेक आउने नागरिकहरुलाई संविधानको विषयमा, संविधानमा भएका व्यवस्थाको विषयमा हामीले एकअर्कासँग अन्तक्र्रिया गर्ने र हामीले विभिन्न भिडियोहरु तयार गरेर प्रदर्शनीमा राखेका छौं । त्यो व्यवस्थाहरुको बारेमा हामीले जनचेतनामूलक र संघीयतालाई सफल बनाउनका यो आयोजना गरेका छौं,’ उनले भने ।

प्रदर्शनीमार्फत संघीय, प्रादेशिक र स्थानीय तहलाई बलियो बनाउन प्रदेशबाटै खेल्न सकिने भूमिका उजागर गर्दै स्थानीय तहलाई बलियो बनाउन सहयोग पुर्याउने अभिप्राय रहेको उनले बताए ।

उनले भने, ‘प्रदर्शनीको उद्देश्य संघीयताले ल्याएकाको संरचनात्मक विषयलाई अलिकति फराकिलो अथवा संघीय, प्रादेशिक र हाम्रो स्थानीय तहलाई अलिकति बलियो बनाउनका लागि एउटा प्रदेश तहले पनि आफ्नो भूमिका अन्तर्गत काम गर्न सकोस् भन्ने एउटा त्यो अभिप्रायले हामीले यो प्रदर्शनी राखेका छौं ।’

प्रदर्शनमा उत्साही उपस्थितिले सार्वजनिक नीतिप्रति जागरूकता फैलाउन र केन्द्रीकृत सोचलाई तोडेर अभियानलाई थप बल प्रदान गर्ने विश्वास छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit