Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग
विज्ञापन
Advertisement

काठमाडौं । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न माग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गरी निषेधित क्षेत्रको पदयात्राका लागि कम्तीमा दुई जनाको समूहमा मात्र विदेशी पर्यटक जान पाउने हालको व्यवस्थालाई परिवर्तन गरी एक जना मात्र जाने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन् ।

टानले सङ्घीय सरकारको मङ्गलबारको मन्त्रिपरिषद्को निर्णयबमोजिम अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गरी माथिल्लो मुस्ताङ क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति ५० अमेरिकी डलर कायम गरेकोप्रति सरकारलाई धन्यवादसमेत दिएको छ ।

टानका अध्यक्ष सागर पाण्डेले सडक सञ्जालको निर्णयका कारण निषेधित क्षेत्रमा गरिने पदयात्राको अवधि छोट्टिएका कारण पर्यटकले निषेधित क्षेत्रमा बिताउने वास्तविक दिनका आधारमा पदयात्रा अनुमति दस्तुर लिने व्यवस्था टानले लामो समयदेखि उठाउँदै आएको जानकारी दिए ।

माथिल्लो मुस्ताङजस्तै माथिल्लो डोल्पा क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई पनि पदयात्रा अनुमतिपत्र लिनुपर्ने हालको नियमलाई परिमार्जन गरी पर्यटकको वास्तविक बसाइँ अवधिका आधारमा शुल्क लिने व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit