काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि छुट्टै लेन र सेवा सुविधा उपलब्ध गराउने नीति लिएको छ।
सोमबार आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारी प्रक्रियालाई सहज, व्यवस्थित र श्रमिक मैत्री बनाइने जानकारी गराएका हुन् ।
त्यसैगरी श्रम कुटनीति मार्फत उच्च पारिश्रमिक दिने गन्तव्य मुलुकतर्फ वैदेशिक रोजगारीको विविधीकरण गरिने नीति लिइएको छ। यस्तै, सरकारले विप्रेषण (रेमिट्यान्स) लाई उपभोगमुखी प्रयोगबाट लगानीतर्फ रूपान्तरण गर्न ‘विप्रेषण लगानी मिलन कोष’ सञ्चालन गर्ने समेत जनाएको छ ।
यस्तै, सरकारले राम्रा श्रम गन्तव्य राष्ट्रहरुमा श्रमिकलाई पठाउन आवश्यक श्रम सम्झौता गर्ने समेत जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्