Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
विज्ञापन
Advertisement

सिरहा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको काम तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

करिब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण नसकिँदा यहाँका नागरिकले सास्ती खेप्नुपरेको गुनासो आएपछि मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज स्थलगत अनुगमन गरेका थिए । स्थलगत अनुगमनपछि मन्त्री घिसिङले भने, ‘मैले कमला पुलबारे धेरैपटक सुनिरहेको हो, पुल यस क्षेत्र र समग्रमा मधेशको लाइफलाइन हो, कमला पुलको निर्माण विना यो क्षेत्रको समग्र विकास हुन सक्दैन ।’

मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, जेन्जी अगुवाहरु सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायत सम्मिलित टोलीले कमला पुलको संयुक्त अनुगमन गएका हुन् । अनुगमनकै क्रममा मन्त्री घिसिङ डुङ्गा चढेर धनुषाबाट सिरहा पुगेका थिए ।

विसं २०६८ जेठमा २४ करोड ९१ लाख लागतमा पप्पु लुम्बिनी जेभीसँग पुल निर्माणका लागि सम्झौता भएको थियो। विसं २०७१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने पुल हालसम्म सकिएको छैन। पुल निर्माणका सम्झौता हाल नवौँ म्याद थपको प्रक्रियामा छ । विंस २०७८ असार १७ को बाढीका कारण पुलका दुई जग भासिँदा क्षति भएको थियो। कूल ४६९ मिटर लम्बाइको यो पुलको ८३ प्रतिशत भौतिक प्रगति र ८२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

मन्त्री घिसिङले विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको र दोषी देखिएकालाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता समेत जनाए । अनुगमनकै क्रममा मन्त्री घिसिङलाई कमला पुल निर्माण सङ्घर्ष समितिले समेत चाँडो पुल निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit