Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाली कम्युनिष्ट पार्टीप्रति ओलीको आलोचना : वामपन्थी विचारबाट पतन भइसकेका, आचरणबाट कुहिइसकेका !

नेपाली कम्युनिष्ट पार्टीप्रति ओलीको आलोचना : वामपन्थी विचारबाट पतन भइसकेका, आचरणबाट कुहिइसकेका !
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरुले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको कडा टिप्पणी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले एकतामा आवद्ध भएकाहरुलाई वामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्य र आचरणबाट तल झरेको भन्दै कडा आलोचना गरे ।

ओलीले भने, ‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन् । केही मान्छेहरु छन् बाम एकता भनेर घाँटी बसुन्जेल कराएका छन् । हामी सधैँ त्यसरी वाम एकता गर्दैनौं । परेका बेला जाग्छौं । वामपन्थीबाट झरिसकेका वामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान छैन् ।’

त्यस्तै उनले स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको जिकिर गरे । नेकपा एमालेसँग असहमति राख्नेका लागि पनि जिउधनको रक्षा गर्ने काम र अधिकारको लागि फोर्स गठन भएको भन्दै यसको गठन र मजबुदीसँग कोही पनि तर्सिन नपर्ने तर्क उनको छ । उनले भने, ‘स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि, लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको हो । नेकपा एमालेसँग अथवा संगठनसँग असहमति गर्ने र जिउधनको रक्षा र अधिकारको लागि गठन भएको हो । त्यसैले यसको गठन, विकास र मजबुदीसँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन ।’

अध्यक्ष ओलीले घर फर्क अभियानमार्फत नेकपा एसबाट एमालेमा फर्कनेहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको जानकारी गराए । ‘हामीले अस्ति भर्खरै नेकपा एकिकृत समाजवादी बनाउन जानुभएकाहरु एमालेमा फर्केर आउनु भएको छ । ती मध्ये नेताहरुलाई हामीले महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेको छौं ।’

नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमणकारी र आतङ्क मच्चाउने काम अहिलेसम्म जारी रहेको बताउँदै अध्यक्ष ओलीले त्यस्ता क्रियाकलाप तत्काल रोक्न सरकारलाई आग्रह गरे ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit