Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेको इन्सुरेन्सद्वारा ‘स्टुडेन्ट इन्टरनेशनल हेल्थ इन्सुरेन्स’ बीमालेख शुभारम्भ

नेको इन्सुरेन्सद्वारा ‘स्टुडेन्ट इन्टरनेशनल हेल्थ इन्सुरेन्स’ बीमालेख शुभारम्भ
विज्ञापन
Advertisement

काठमाडौं। देशको निर्जीवन बीमा क्षेत्रमा २९ वर्षदेखि सेवा प्रदान गर्दै आएका नेको इन्सुरेन्सले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘स्टुडेन्ट इन्टरनेशनल हेल्थ इन्सुरेन्स’ नीति सार्वजनिक गरेको छ। विदेशमा अध्ययनको क्रममा उत्पन्न हुन सक्ने आकस्मिक स्वास्थ्य समस्या तथा आर्थिक जोखिमलाई लक्षित गर्दै कम्पनीले समयसापेक्ष आवश्यक बीमालेख बजारमा ल्याउँदै आएको छ।

विज्ञापन
Advertisement
Advertisement

हालका वर्षहरूमा उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या तीव्र रूपमा बढिरहेको अवस्थामा, अभिभावकहरूले संपत्ति धितो राखेर ऋण लिएर छोराछोरीलाई पठाउँदा unforeseen घटनाका कारण पढाइ प्रभावित हुने अवस्था बढ्दै गएको कम्पनीले जनाएको छ। त्यस्ता चुनौतीहरूको समाधानका उद्देश्यले नयाँ बीमालेख लागू गरिएको हो।

कम्पनीका अनुसार विदेशमा भइकन पनि विद्यार्थीहरू अनलाइन माध्यमबाट सहजै यस बीमालेखमा आबद्ध हुन सक्नेछन्।

नयाँ बीमालेखले विद्यार्थीलाई विदेशमा पर्ने औषधोपचार खर्च, काम गर्न नसक्ने अवस्थाको ट्युसन खर्च तथा बसोबास–खाना खर्च, आय आर्जन गर्ने अभिभावकको निधन भएमा नेपालमा लिएको ऋणको किस्ता तथा बाँकी ट्युसन शुल्क भुक्तानीजस्ता सुविधाहरू उपलब्ध गराउनेछ। साथै, अभिभावकको निधनपछि अन्तिम संस्कारमा सहभागी हुन नेपाल फर्कने हवाई टिकट खर्च तथा दुर्घटना बीमा समेत यसअन्तर्गत समावेश गरिएको कम्पनीले जनाएको छ।

नेको इन्सुरेन्सले विदेशी अध्ययन यात्रामा निस्कने विद्यार्थी तथा अभिभावकलाई आर्थिक सुरक्षाको विश्वसनीय विकल्पका रूपमा यस बीमालेख उपयोगी हुने विश्वास व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit