Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

म्याक्सबेसको डेब्युस् उच्च प्रविधिसहितको वायरलेस इयरबड्स नेपाली बजारमा, यस्तो बिशेषता ?

म्याक्सबेसको डेब्युस् उच्च प्रविधिसहितको वायरलेस इयरबड्स नेपाली बजारमा, यस्तो बिशेषता ?
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाली अडियो ब्रान्ड म्याक्सबेसले आफ्नो पहिलो उत्पादन ‘म्याक्सबेस वान’ वायरलेस इयरबड्स सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट साउन्ड क्वालिटीका साथ आएको यो इयरबड्स नेपाली प्रयोगकर्ताहरूका लागि उत्कृष्ट विकल्प हुन सक्छ।

विज्ञापन
Advertisement
Advertisement

शक्तिशाली न्वाइज क्यान्सलिङ प्रविधि

म्याक्सबेस वान वायरलेस इयरबड्समा ४० डीबीसम्मको एक्टिभ न्वाइज क्यान्सलिङ प्रविधि समावेश गरिएको छ, जसले बाहिरको अनावश्यक आवाज कम गर्दै संगीत र कुराकानीलाई स्पष्ट बनाउँछ। साथै, चारवटा माइक्रोफोनसहितको एआई कल क्यान्सलिङ प्रविधिले फोन कलमा क्रिस्टल क्लियर आवाज सुनिश्चित गर्छ।

लामो ब्याट्री लाइफ र वाटरप्रूफ डिजाइन

एकपटक चार्ज गर्दा ६–८ घण्टासम्म नन(स्टप संगीतको मजा लिन सकिन्छ, भने चार्जिङ केसको सहयोगले ४८ घण्टासम्मको ब्याट्री ब्याकअप उपलब्ध गराउँछ। साथै, यो इयरबड्स वाटरप्रूफ डिजाइनमा उपलब्ध रहेकोले हल्का पानी वा पसिनाले कुनै असर गर्दैन। ट्रान्सपरेन्सी मोड फिचरको सहायताले प्रयोगकर्ताले बाहिरी आवाज पनि सहजै सुन्न सक्छन्।

गेमिङ र संगीतप्रेमीका लागि उत्कृष्ट छनोट

यो इयरबड्स विशेष गरी गेम खेल्ने र संगीत सुन्ने व्यक्तिहरूका लागि डिजाइन गरिएको हो। १३ एमएमको डाइनामिक ड्राइभरको प्रयोगले गहिरो बास र स्पष्ट ध्वनि अनुभव प्रदान गर्छ। साथै, टच कन्ट्रोल फिचरले भोल्युम नियन्त्रण गर्न, फोन उठाउन तथा गीत परिवर्तन गर्न सहज बनाएको छ।

विशेष अफरमा आकर्षक मूल्य

म्याक्सबेस वानको नियमित मूल्य ३,५०० रुपैयाँ भए पनि हाल विशेष अफरअन्तर्गत ग्राहकहरूले केवल १,९९९ रुपैयाँमै खरिद गर्न सक्नेछन्। यसका साथै, ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स, र प्रयोगकर्ताका लागि म्यानुअल पनि उपलब्ध गराइएको छ। उन्नत प्रविधि र किफायती मूल्यको संयोजनले म्याक्सबेस वान नेपाली अडियो बजारमा लोकप्रिय बन्ने संकेत गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit