Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित

गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रको एक प्रतिष्ठित एवार्डबाट सम्मानित भएको छ । एवार्ड फर कर्पोरेट एक्सलेन्सी २०२४ को चौथो संस्करणअन्तर्गत आयोजित ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट बैंक सम्मानि भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

मानव व्यवस्थापनतर्फ उत्कृष्ट कार्य गरेबापत बैंकलाई ‘विकास बैंक, क्षेत्रीय बैंक र वित्त कम्पनीमा कर्पोरेट उत्कृष्टता २०२४’ एवार्डबाट सम्मानित गरिएको हो । उक्त सम्मानले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यलाई थप टेवा पु¥याएको बैंकले जनाएको छ ।

सम्मानले आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कर्पोरेट क्लव नेपाल प्राइभेट लिमिटेडले देशको आर्थिक र सामाजिक क्षेत्रमा योगदान पु¥याइरहेका विभिन्न व्यक्ति र संस्थालाई विभिन्न २२ विधामा मंगलबार कर्पोरेट एवार्ड प्रदान गरेको थियो ।

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय,१ एक्स्टेन्सन र ५० एटिएम काउन्टरबाट सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit