Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन
एनपिएलः ब्याटिङ गर्दै काठमाडौँ गोर्खाज काठमाडौँ, ९ मङ्सिरः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा मङ्गलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीचको प्रतिस्पर्धामा ब्याटिङ गर्दै काठमाडौँ गोर्खाजका खेलाडी । तस्बिरः किरणराज विष्ट÷रासस
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले आज लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । जितका लागि पाएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव एक ओभरमा १३५ रनमा रोकियो । जसमा शेर मल्लले सर्वाधिक २८, दिलीप नाथले २५ रन जोडे पनि हार टार्न सकेनन् । बलिङमा काठमाडौँका मिलिन्द कुमार र जेरार्ड एरास्मसले दुईरदुई विकेट झारे ।

यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनाएको थियो । जसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६ रनको योगदान गरे । लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडीहरू शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुईरदुई विकेट लिए ।

योसँगै काठमाडौँले चार खेलबाट दुई हार र दुई जितसहित चार अङ्क जोडेको छ । काठमाडौँको ‘प्लेअफ’को सम्भावना जीवित छ । तीन खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ । यो हारले लुम्बिनीको ‘प्लेअफ’को सम्भावना कठिन बन्दै गएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit