Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एन आई सी एशिया क्यापिटलको ‘एक–स्टप आईपीओ परामर्श सेवा’ सार्वजनिक

एन आई सी एशिया क्यापिटलको ‘एक–स्टप आईपीओ परामर्श सेवा’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं। एन आई सी एशिया क्यापिटल लिमिटेडले कम्पनी स्थापनादेखि लिएर साधारण शेयर (आईपीओ) निष्काशनसम्मका सबै प्रक्रिया एकै स्थानबाट पूरा गर्न सकिने ‘एक–स्टप आईपीओ संस्थागत परामर्श सेवा’ सञ्चालनमा ल्याएको छ। कम्पनीले यसअघि दिँदै आएको आईपीओ एड्भाइजरी सेवामा सुधार र विस्तार गर्दै यसलाई बढी संरचित, प्रभावकारी र व्यवस्थित रुपले अघि सारेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

क्यापिटलका अनुसार सेवा सञ्चालनको छोटो अवधिमै ३४ वटा कम्पनीसँग दुई पक्षीय सम्झौता भइसकेको छ। तीमध्ये २० वटा प्रालीनै पब्लिक कम्पनीमा रूपान्तरण हुँदै आईपीओ प्रक्रियामा रहेका छन् भने ६ कम्पनीको आईपीओ निष्काशनसमेत सफलतापूर्वक सम्पन्न गरिएको छ। भविष्यमा साधारण शेयर निष्काशन गर्ने योजना बनाएर गठन भइरहेका वा हाल संचालनमा रहेका कम्पनीहरुलाई लक्षित गर्दै यो सेवा थप परिमार्जन गरिएको क्यापिटलले स्पष्ट पारेको छ।

कम्पनी सञ्चालनमा आवश्यक कानूनी व्यवस्था, नियमनकारी निकायले तोकेको सम्पूर्ण मापदण्ड तथा संस्थागत सुशासनका आधारहरू पूरा गर्न दक्ष जनशक्ति र परामर्श आवश्यक पर्ने परिस्थितिलाई मध्यनजर गर्दै क्यापिटलले कम्पनी स्थापना, वित्तीय मूल्यांकन, पूँजी संरचना व्यवस्थापन, कर्पोरेट गभर्नेन्स सुधार, शेयर निष्काशन प्रक्रिया, नेप्सेमा सूचीकरणलगायतका सबै कामलाई एकीकृत सेवा मार्फत सहज बनाएको जनाएको छ।

कम्पनी दर्ताका लागि आवश्यक कागजात तयार गर्ने कामदेखि लिएर प्रबन्धपत्र तथा नियमावली अद्यावधिक, वित्तीय विश्लेषण, आवश्यक प्रतिवेदन तयार गर्ने, सम्बन्धित नियामक निकायमा कागजात बुझाउने, साधारणसभा सञ्चालनमा सहयोग गर्ने, लाभांश वितरणदेखि शेयर लगत अद्यावधिक राख्ने सबै सेवा यही प्याकेजमार्फत उपलब्ध हुने बताइएको छ।

आईपीओ जारी गर्न योग्य कम्पनीका लागि आवश्यक विभिन्न चेकलिस्ट अनुसार मूल्यांकन गरिने र कम्पनीको रणनीति, वित्तीय अवस्था, संस्थागत संरचना तथा कानूनी व्यवस्थाको अध्ययन गरी ग्याप एनालिसिस तयार पारिने क्यापिटलले जनाएको छ। धितोपत्र बोर्डले निर्धारण गरेको प्रचलित व्यवस्था तथा अन्तर्राष्ट्रिय मूल्यांकन मापदण्डका आधारमा शेयर मूल्य निर्धारण गर्ने कार्यसमेत क्यापिटलले गर्नेछ। कुनै कम्पनी तत्काल आईपीओ जारी गर्ने योग्य देखिएमा प्रक्रिया तुरुन्तै अगाडि बढाइने र आवश्यक सुधारका लागि समय लाग्ने कम्पनीहरुलाई आवश्यक परामर्श तथा कार्ययोजना प्रदान गरिने उल्लेख गरिएको छ।

यस सेवासम्बन्धी थप जानकारीका लागि क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग मोबाइल नम्बर ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मार्फत सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit