Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सप्तकोसी सिमेन्टले आईपीओ निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई बनायो बिक्री प्रबन्धक

सप्तकोसी सिमेन्टले आईपीओ निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई बनायो बिक्री प्रबन्धक
विज्ञापन
Advertisement

काठमाडौं । सप्तकोसी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तयारीका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले एक सय दरका चुक्ता पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी स्वरुप बुधबारसिद्धार्थ क्यापिटलसँग औपचारिक सम्झौता सम्पन्न गरेको छ । सम्झौतापत्रमा सप्तकोसी सिमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ केपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरे।

उच्चस्तरीय सिमेन्ट उत्पादक कम्पनी सप्तकोसी सिमेन्ट लिमिटेको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पी.पी.सी. ४३ र ५३ ग्रेडको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको छ।

पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले अन्य क्षेत्रीय प्रतिस्पर्धीहरूसँग उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । गत वर्ष लक्ष्य भन्दा बढी सिमेन्ट बिक्री गरेको कम्पनीले आ.व. ०८१/८२ को नाफाबाट १२ प्रतिशत बोनस शेयर जारी गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit