Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

संस्कार खर्च र वार्षिक आयको नयाँ सुविधासहित एशियन लाईफले ल्यायो नयाँ बीमा योजना

संस्कार खर्च र वार्षिक आयको नयाँ सुविधासहित एशियन लाईफले ल्यायो नयाँ बीमा योजना
विज्ञापन
Advertisement

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बचतसँगै अधिकतम वित्तीय सुरक्षा खोज्ने ग्राहकहरूलाई लक्षित गर्दै ‘एशियन जीवन मंगल सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यो नयाँ योजनाको अनावरण गरिएको हो। यो योजनाको मुख्य विशेषता भनेको बीमितले मूल बीमा योजनामै वार्षिक आय सुविधा, बीमाशुल्क छुट सुविधा र संस्कार खर्च सुविधा प्राप्त गर्नु हो।

कम्पनीका अनुसार यी अतिरिक्त सुविधाहरूका लागि बीमितले कुनै थप बीमाशुल्क (प्रिमियम) तिर्नु पर्दैन। विशेषगरी उक्त योजनाले बीमा अवधि समाप्त भएपछि बीमितले बीमाङ्क रकम र सो अवधिभरको आर्जित बोनस एकमुष्ठ प्राप्त गर्नेछन् । यस्तै, बीमा अवधिभित्र दुर्घटनाका कारण बीमित स्थायी रूपमा अङ्गभङ्ग भएमा, बाँकी अवधिको बीमाशुल्क मिनाहा गरिनेछ। साथै, जीविकोपार्जनका लागि बीमालेखको प्रत्येक वार्षिकोत्सवमा बीमाङ्कको १० प्रतिशतका दरले वार्षिक आय लाभ प्रदान गरिनेछ।

यस योजनामा बीमितको मृत्यु भएको खण्डमा परिवारलाई संस्कार खर्च समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ। थप सुविधाहरूमा बीमितले चाहेमा थप बीमाशुल्क तिरेर ‘दुर्घटना मृत्यु लाभ’ सुविधा पनि लिन सक्नेछन्।

ग्राहकले ५ वर्षदेखि १५ वर्षसम्मको अवधिको लागि १८ देखि ६० वर्ष उमेर सम्मको व्यक्तिले न्यूनतम ५० हजार रुपैयाँदेखि बीमाङ्क रोज्न सक्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit