images images images
images images images
images
images
images

खेल मनोरञ्जन मात्र होइन, अर्थतन्त्रको मेरुदण्ड पनि हो

images

 काठमाडाैं । विश्वका धेरै देशहरूले खेल क्षेत्रलाई आफ्नो अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा विकास गरेका छन्। अमेरिका, बेलायत, अष्ट्रेलिया वा हाम्रै छिमेकी भारत जस्ता देशमा खेल केवल मनोरञ्जनको माध्यम मात्र नभई अर्थतन्त्रको मेरुदण्ड बनेको छ। खेलक्षेत्र रोजगारी, लगानी, पर्यटन, मिडिया, र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको बहुआयामिक उद्योग हो। विकसित मुलुकहरु खेललाई मनोरञ्जन मात्र नभई उद्योगको रुपमा विकास गरेर धेरै अघि बढेका उदाहरण छन्।

अन्य छिमेकी मुलुकहरुले दशकौं अघिदेखि खेल क्षेत्रलाई उद्योगको रुपमा स्थापना गर्दै गर्दा नेपालमा भने सामाजिक, आर्थिक र राजनीतिक कारणले उद्योगको रुपमा फस्टाउँन सकेन । मनोरञ्जन समेत प्रर्याप्त बाड्न नसकेको हाम्रो खेल क्षेत्रका संस्थाहरु केबल कार्यकर्ता भर्तिकेन्द्र जस्तो बन्यो । हाम्राखेल क्षेत्र केबल सामान्य मनोरञ्जनमा मात्र सिमित भईरहेको अबस्थामा, मनोरञ्जन मात्र नभई उद्योगको रुपमा विकास गरेर लैजानुपर्छ भन्ने खालको बहस अन्य क्षेत्रमा जस्तो खेलकुदको विषयमा हुनै सकेन ।

images
images

हामीले आम नेपालीलाई खेल क्षेत्रको बारेमा बुझाउन पनि सकेनौं कि भन्ने लाग्छ। वषौंसम्म हाम्रा नीति, बजेटहरुमा खेलको संरचनाको विकास निर्माणमा केही सामान्य बुँदामा मात्र अटाउन सक्यो । प्रर्याप्त सरकारबाट लगानी नहुनु र बुझाउन नसक्नु र निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन नसक्नु हाम्रो खेल केबल सिमित घेरामात्र रमाउन सक्यो, फस्टाउन सकेन। जसरी उद्योगको निर्माण, कृषिको आधुनिकीकरण, वैदेशिक लगानीका बारेमा जति बहस हुन्थ्यो, खेलको व्यवसायीकरण, औधिकीकरणका बारेमा हाम्रोमा बहस नै भएनन् ।

राज्यबाट पनि अन्य क्षेत्रमा लगानी खोजिरहँदा खेल क्षेत्रमा लगानीको सम्भावनाको प्रर्याप्त खोजि नै भएको देखिदैन । निजी क्षेत्रले पनि खेलमा लगानी गर्नुपर्छ भन्ने खालको विश्वासको वातावरण देखेनन्। दशवर्षको द्धन्दपछि देश शान्ति प्रक्रियामा आएसँगै खेल क्षेत्रमा नयाँ खालको लगानी र सम्भावना बढेको भए, आज नेपाल खेलकुद क्षेत्रमा निकै अघि बढिसकेको हुने थियो ।

कतिसम्म भने १९९८मा बनेको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हामी हालै मात्र प्लडलाइट जोड्दै छौं ।यसले पनि देखाउँछ हाम्रो खेल क्षेत्रमा लगानीको अवस्था कस्तो छ?
अहिले खेल क्षेत्रमा चिनिएको र चर्चित क्रिकेट मात्र छ। फुटबल जस्तो कुनै समय निकै महत्वपूर्ण बनेको खेल आज धरसायी बन्न लागेको छ । यसलाई जोगाउनका लागि राज्यले पहल देखिदैन । चरम राजनीतिकले हाम्रो खेलकुद दशकौं पछि धकलिएको छ । खेलाडीहरु पलायन र विस्थापित अवस्थामा छन्, तिनलाई फर्काएर उनीहरुको क्षमतावृद्धि, व्यक्तित्व विकासमा राज्यले लगानी ढिला गरिसकेको छ। अनि कसरी सम्भव हुन्छ खेलको विकास र अर्थतन्त्रको सुधार? अर्थतन्त्र भनेको कुनै एउटा भत्किदा अर्कोले भरथेग गरिनुपर्छ । खेल क्षेत्र नेपालको बलियो अर्थतन्त्तको खब्बा मान्न सरकारले ढिलो गर्नुहुँदैन ।

खेलमा पुस्तान्तरण र अबको सम्भावना

आजको पुस्ता खेल खेलेर, हेरेर हुर्किएको पुस्ता हो। यो पुस्ता अब खेल्न, हेर्न र आर्थिक सबलीकरणमा थोरै भए पनि योगदान गर्न चाहान्छ। उपयुक्त संरचना र खेलमा लगानी गर्न चाहान्छ । आजको दिनमा आइपुग्दा खेल क्षेत्रलाई हेर्ने नजर विस्तारै फेरिएको जस्तो देखिए पनि लगानी गर्न भने सरकार दिल खोलेर अझै लागेको छैन । बजेट सिमित छन् नीतिमा अंकुश छन् । त्यसैले राज्यले अब सोच्नुपर्छ र खेल क्षेत्रलाई आर्थिक रुपमान्तरणसँग जोड्नुपर्छ । खेललाई स्र्टाटपको रुपमा विकास गर्न सक्यो भने यसले आगामी दिनमा ठुलो लगानी ल्याउन सक्छ भन्ने मलाई लाग्छ ।

नेपालमा अन्य खेलको तुलनामा अलिक बढी चर्चित र चिनीएको क्षेत्र यतिबेला क्रिकेट मात्र छ । क्रिकेटले लिएको उचाई भनेको सन् २०१४ मा नेपाल टि –ट्वाइन्टी विश्वकपमा छनोट भएपछि नै हो । त्यो विश्वकपले नेपाल, नेपाली र अन्र्तराष्ट्रिय रुपमा नेपालाई चिनाउन सक्यो । विश्वकप छनोटपछि नेपालले क्रिकेटमा एकपछि अर्को गर्दै यसमा सम्भवनाका ढोकाहरु विस्तारै खोल्दै गयो, पहिलो विश्वकप छनोटको १० वर्षपछि दोस्रो पटक टि –ट्वान्टी विश्वकप खेलेपछि भने नेपालको खेल जगतमा क्रिकेटमा लगानी, संरचनाका अनेक आयामबाट बहस हुन थाल्यो । लगानीगर्ने इच्छुक निजी क्षेत्रलाई पनि यसमा अल्पकालीन भन्दा पनि दिर्घकालीन लगानीको सम्भवना बलियो बन्यो र क्रिकेटक्षेत्रमा आएको परिवर्तनसँगै अघिल्लो वर्षको नेपाल प्रिमियर लिग (एनपिएल)मा लगानीगर्ने सम्भावनाका ढोकाहरु खोल्यो ।

गत वर्ष सम्पन्न एनपिएलले खेल क्षेत्रलाई नयाँ उचाइमा पु¥यायो। कठिन आर्थिक अवस्थामाझ पनि क्रिकेटले युवाहरूमा ‘नेपालमै केही गर्न सकिन्छ’ भन्ने विश्वास जगायो। मैदानमा उर्लिएको उत्साह केवल खेलप्रतिको मोह होइन, देशभित्रै रोजगारी, व्यवसाय र लगानीको नयाँ सम्भावनाको संकेत थियो। हरेक खेलसँग होटल, यातायात, खानेपानीदेखि मिडिया र मार्केटिङसम्म अनेक क्षेत्र जोडिए। अनुमानतः अबौं रुपैयाँको कारोबार भयो। यसले स्पष्ट प्रमाणित ग¥यो भने खेल अब केवल मनोरञ्जन होइन, उद्योग बन्नसक्ने शक्ति हो।

एनपिएल क्रिकेट प्रतियोगितामा मुलुकका व्यापारिक क्षेत्रको सक्रिय सहभागिता रहेको छ। विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स जस्ता आठ वटा टिममा व्यापारिक समूह जोडिएका छन् । विभिन्न टिम किन्नका लागि उद्योगपति तथा व्यापारीहरुले करोडौं रुपियाँ लगानी गरेका छन् । यस्तो लगानी आगामी दिनहरुमा अझै बढ्दै जाने सम्भावना छ ।

अन्य निजी संघसंस्था तथा कम्पनीहरु पनि क्रिकेट टिमहरुसँग आबद्ध भएका छन् । क्रिकेटमा लगानी गर्दैमा तत्काल नाफा हुन सक्ने क्षेत्र होइन । स्वदेशी तथा विदेशी खेलाडीहरुको महङ्गो पारिश्रमिक, सिमित प्रायोजन, क्रिकेट मैदानको भौतिक अवस्था तथा दर्शक क्षमता, टिकट दर आदि कारणले नेपालमा क्रिकेटमा लगानी गरेर तत्काल प्रतिफल उठन सक्ने अवस्था छैन । तापनि निरन्तर यथोचित लगानी गर्न सकेमा केही वर्षमा सन्तोषजनक अवस्था आउन सक्नेछ ।

खेल भनेको केवल शारीरिक तन्दुरुस्ती र मनोरञ्जनको माध्यम थियो, तर अहिले यो देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिन थालेको छ। खासगरी क्रिकेटले यो धारणा पूर्ण रूपमा बदलिदिएको छ। अघिसम्म स्टेडियमको भीड केवल उत्साहको प्रतीक थियो, अहिले त्यो भीड अर्थतन्त्रको चलायमान चित्र बनेको छ।

खेलको अर्को ठूलो विशेषता हो एकता । जात, धर्म, राजनीति वा वर्गको विभाजन हटाएर खेलले सबै नेपालीलाई एउटै झण्डामुनि ल्याउँछ। राष्ट्रिय टोलीको मैदानमा १६ वर्षको युवा र ६० वर्षका बुबा एउटै उत्साहमा ताली बजाउँछन्। त्यहाँ कुनै विभाजन रहँदैन, केवल ‘नेपाल’ हुन्छ। यही भावना खेलको असली शक्ति हो जो केवल गोल वा रनभन्दा ठूलो कुरा हो। अहिले नेपालमै अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना हुन थालेका छन्। विदेशी खेलाडी र प्रशिक्षक नेपाल आउँछन्, नेपालका खेलाडी विदेश जान्छन्, र यसरी खेल कूटनीति पनि विकसित हुँदैछ। यसले देशको अन्तर्राष्ट्रिय पहिचानमा नयाँ रंग थपेको छ। विदेशी मिडियाले नेपाललाई अब हिमाल मात्र होइन, खेलका देशको रूपमा पनि देख्न थालेका छन्। बाहिरका खेलाडीहरु नेपाल आउँदा उनीहरु मात्र आउँदैन, लगानीका अनेक सम्भावनाहरु बोकेर आएका हुन्छन् ।

अहिले हामी एनपीएलको तयारीमा छौं, ति विदेशबाट आउने खेलाडीलाई पारिश्रमिक मात्र केही वर्षलाई कर नकाटीकन पठाउने, उनीहरुलाई आउँदा नेपाल बायुसेवा निगमको हवाई टिकट सके निशूल्क नभए नि केही प्रतिशत छुट, उनिहरुका परिवारलाई सहुलियत जस्ता कुराहरुमा ध्यान दिने हो भने आगामी दिनहरुमा यसले ठुलो सकारात्मक सन्देश जान्छ, लगानी पनि ल्याउँछ, हेर्दा सामान्य तर महत्वपूर्ण कुरामा ध्यान दिन जरुरी छ ।

यो यात्रामा चुनौती पनि छन्। सरकारको नीतिगत संरचना अझै पनि नियन्त्रणमुखी छ। खेललाई व्यवसायिक दृष्टिले अगाडि बढाउने कानुनी स्पष्टता छैन। खेलमा लगानी गर्ने कम्पनीहरूले अझै कर छुटजस्ता प्रोत्साहन पाएका छैनन्। विदेशी खेलाडी र पर्यटकलाई आकर्षित गर्ने वातावरण अझै सहज छैन। खेल पर्यटनको सम्भावना विशाल छ, तर त्यो सम्भावना कागजमा सीमित रहनु विडम्बना हो।
यद्यपि निजी क्षेत्रले हिचकिचाहटबीच पनि पहल ग¥यो। पहिलो सिजनमै निजी कम्पनीहरूले ठूलो जोखिमा लगानी गरे, तत्काल नाफा नखोजी देशको लागि केही गर्न सकिन्छ भन्ने भावनाले लगानी गरेका हुन् । यो जोखिमले नै खेल क्षेत्रलाई नयाँ ढोका खोलिदियो। अहिले अरू धेरै व्यवसायीहरू पनि खेलमा लगानी गर्न तयार छन्। युवाहरूको विश्वास र दर्शकको समर्थन यस यात्राको सबैभन्दा ठूलो बल हो। ठुला लगानीको मात्र सम्भावना भन्दा पनि यसले चनाचटपटे बेच्नेदेखि, पानी बेच्नेसम्मले राम्रो आम्दानी गर्न सक्छन् भन्ने त विगतको पहिलो एनपिएलको सिजनमै देखियो।

हामीले आज गर्ने लगानी भनेको भोलिको प्रतिफलको लागि हो । सरकार मात्रै लागेर भने पुग्दैन सँगसँगै सम्बन्धित खेलकुदका जिम्मेवार निकायले पनि योजना बनाएर लाग्न जरुरी छ । राम्रा योजना निर्माणमा हामीले ध्यान दिनु पर्छ । हामीले राम्रो योजना दिने हो भने सम्बन्धित निकायले त्यसमा चासो दिन्छ र लगानी पनि गर्छ । हामी नै अलमलिन पुग्यौँ भने अगाडी जान सकिँदैन ।

पहिलो सिजनमा धेरै दर्शकलाई खेलको प्राविधिक ज्ञान नभए पनि उनीहरू खेलमा सहभागी भए देशप्रतिको माया र गौरवका कारणले पनि यसले सबैलाई जोड्न सक्यो र दर्शक र खेलबीच गहिरो सम्बन्ध बनायो। अब ती दर्शकहरू सिकिरहेका छन्, बुझिरहेका छन्, र खेलप्रति अझ नजिक हुँदै गएका छन्। गाउँगाउँका युवाहरूमा पनि अब खेलमार्फत आफ्नो भविष्य निर्माण गर्ने आत्मविश्वास पलाइसकेको छ।

खेल उद्योग बन्ने यो यात्रा अहिले मात्रै सुरु भएको हो। यसले शिक्षा, पर्यटन, सञ्चार र सामाजिक उत्तरदायित्वलाई समेत जोड्न सक्छ। खेलमार्फत नेपालले अन्तर्राष्ट्रिय छविमा नयाँ शक्ति जोड्न सक्छ। तर त्यसका लागि सरकार, निजी क्षेत्र, मिडिया र आम जनताको सामूहिक प्रयास अपरिहार्य छ। नेपालको खेल क्षेत्र अब मनोरञ्जनको सिमाना पार गरेर अर्थतन्त्रको अभिन्न अङ्ग बन्ने दिशामा अघि बढेको छ। यो केवल खेलाडीको जित वा हारको कथा होइन ।

यो देशको आत्मविश्वास र सम्भावनाको ढोका खोल्ने अवसर हो। आगाम दिनहरुमा अझ धेरै सम्भवनाहरु देखिन्छन्, ठुला ठुला प्रतियोगिताहरु आयोजना हुँदै छन्। क्रिकेटका संरचनाहरु भरतपुरको गौतमवुद्ध क्रिकेट मैदान बन्ने तयारीमा निजी क्षेत्र आफैले नयाँ क्रिकेट मैदान बनाएका छन्। खेलाडीहरुको एकपछि अर्को खेलप्रति विश्वास बढाई रहेका छन् । राज्यले पनि खेल क्षेत्रलाई बुझ्न र नयाँ ऐन नियम कानूनहरुलाई सहजीकरण गरिदिन थालेको छ । यी सबै कुराले आगामी दिनमा खेल क्षेत्र नेपालको प्रमुख आर्थिक मेरुदण्डको रुपमा विकास हुने छ भन्ने विश्वास छ ।

 

 

 

images
images

प्रतिक्रिया दिनुहोस्