Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईले सम्हाले कार्यभार

यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईले सम्हाले कार्यभार
विज्ञापन
Advertisement

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण कुमार भट्टराई नियुक्त भएका छन्। नवनियुक्त सीईओ भट्टराईले आजै आफ्नो कार्यभार सम्हाल्ने भएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच भट्टराईले यूनाइटेड अजोडको सञ्चालक समितिका अध्यक्ष अजाद श्रेष्ठ मार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण लगत्तै उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

भट्टराईसँग बीमा क्षेत्रको लामो र विशिष्ट अनुभव रहेको छ। यसअघि उनले साविक गुराँस लाइफ इन्स्योरेन्समा सीईओको रूपमा सफलतापूर्वक जिम्मेवारी पूरा गरिसकेका छन्। कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको ७९औं बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

उनको कार्यकालमा कम्पनीको सेवा प्रवाह, बजार विस्तार र संस्थागत सुशासन थप सुदृढ हुने अपेक्षा सञ्चालक समिति र लगानीकर्ताहरूले राखेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit