images images images
images images images
images
images
images

प्रभु बैंकद्वारा एचडीसीलाई साढे ७ लाख सहयोग

images

काठमाडौं । प्रभु बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत हाेमेन डेभलपमेन्ट सेन्टर (HDC) लाई ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

बैंकले काभ्रेपलाञ्चोकको बनेपा–११, जनागालस्थित एचडीसीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। प्रदान गरिएको सहयोग लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा बसोबास गर्ने शारीरिक रूपमा अशक्त तथा विपन्न बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनर्स्थापनासम्बन्धी कार्यक्रम सञ्चालनमा उपयोग गरिने जनाइएको छ।

images
images

एक कार्यक्रमबीच बैंकका मार्केटिङ म्यानेजर सबिन सम्शेर राणा ले एचडीसीका प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादव लाई चेक हस्तान्तरण गरेका हुन्। प्रभु बैंकले देशभर ३०० शाखा कार्यालय, २६१ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्