Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भन्सार यार्डमै एमआरपी स्टिकरको व्यवस्था व्यावहारिक छैन : नाडा

भन्सार यार्डमै एमआरपी स्टिकरको व्यवस्था व्यावहारिक छैन : नाडा
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधि मण्डलले आज भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग भेट गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको स्टिकर टाँस्ने व्यवस्थाका व्यावहारिक चुनौतीहरूबारे विस्तृत छलफल गरेको छ। सो छलफलको क्रममा नाडा प्रतिनिधिहरुले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ल्याएको व्यवस्था कार्यान्वयनमा ल्याउन विगतको समय देखि नाडाले विभागलाई अनुरोध गर्दै आएको कुरा स्मरण गराएका थिए ।

छलफलका क्रममा नाडा प्रतिनिधिहरूले चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनमा स्टिकर टाँस्न समस्या नभए तापनि एउटै बक्समा आउने सयौँ प्रकारका साना अटो पार्टसहरूमा छुट्टाछुट्टै स्टिकर टाँस्न निकै चुनौतीपूर्ण रहेको बताए। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८२ चैत्र ३० गते जारी गरेको अनिवार्य स्टिकर सम्बन्धी निर्देशनका कारण अटो क्षेत्रमा परेको असरबारे नाडाले सरकारको ध्यानाकर्षण गराएको हो।

यसैगरी, भन्सार क्षेत्रमा बोण्डेड वेयरहाउसको व्यवस्था नभएकोले भन्सार यार्डभित्रै बसेर सामान अनलोड गरी स्टिकर टाँस्ने कार्य अव्यावहारिक रहेको व्यवसायीहरूको गुनासो प्रति नाडा प्रतिनिधिले विभागको ध्यानाकर्षण गराएका छन् । नाडाका अनुसार सो क्रममा महानिर्देशक भण्डारीले विभागले व्यापार सहजीकरण र राजस्व वृद्धिलाई प्राथमिकता दिएको बताउँदै, सबै प्रकारका अटो वस्तुमा स्टिकर टाँस्ने व्यवस्था कार्यान्वयनमा रहेका व्यावहारिक चुनौतीहरूलाई सम्बोधन गर्न विभाग तयार रहेको धारणा राखे ।

छलफलका क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले वीरगञ्ज भन्सार कार्यालयले भन्सार यार्डमा रहेका सवारी साधनहरू तुरुन्त जाँचपास गर्न जारी गरेको सूचनाबारे जिज्ञासा राखेका थिए । जवाफमा महानिर्देशक भण्डारीले सो सूचना कानूनसम्मत रहेको स्पष्ट पार्दै व्यवसायीहरूलाई समयमै जाँचपास प्रक्रिया पुरा गरी व्यापारिक सहजीकरणमा सहयोग गर्न आग्रह गरे ।

बैठकमा नाडाका महासचिव मिलनबाबु मल्लसहित संस्थागत उपाध्यक्ष, भद्र भण्डारी, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक सहभागी थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit