काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले बुक–बिल्डिङ प्रक्रिया मार्फत सर्वसाधारणमा शेयर जारी गर्ने तयारी स्वरूप आयोजना गरेको ‘रोड शो’ सम्पन्न भएको छ।
निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनर्राइज क्यापिटल द्वारा हालै काठमाडौंको एक होटलमा सम्पन्न उक्त कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको बाक्लो र उत्साहजनक उपस्थिति रहेको थियो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले नर्भिकको वर्तमान वित्तीय अवस्था, सञ्चालन पद्धति र भविष्यका विस्तार योजनाबारे जानकारी दिए थिए । सो क्रममा लक्ष्मी सनराइज क्यापिटलले बुक–बिल्डिङको संरचना, मूल्य निर्धारणका आधार र नियामक प्रावधानबारे लगानीकर्ताहरूलाई स्पष्ट पारेको जनाइएको छ । सहभागी संस्थागत लगानीकर्ताहरूले नर्भिकको मूल्य खोजी प्रक्रिया पारदर्शी र व्यावसायिक रहेको भन्दै अस्पतालको दिगो विकासप्रति सकारात्मक धारणा राखेका थिए।
रोड शो सम्पन्न भएसँगै अबको चरणमा योग्य संस्थागत लगानीकर्ताहरूले आफ्नो खरिद योजना पेश गर्न २०८३ साल वैशाख २१ गते बेलुका ५ बजेसम्म शिलबन्दी खाममा बुझाउनुपर्नेछ। यस रोड शोको सफलताले नेपालको पुँजी बजारमा बुक–बिल्डिङ प्रणालीलाई थप सुदृढ बनाउन र बजार–आधारित मूल्य निर्धारणलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास संस्थाको छ ।

















प्रतिक्रिया दिनुहोस्