Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । काठमाडौंको लिग चरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ । आज पोखरालाई पराजित गरेमा काठमाडौंको शीर्ष २ मा पर्दै क्वालिफायर–१ खेल्ने सम्भावना बलियो हुनेछ ।

यस्तै, ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको पोखराका लागि यो खेल अझै बढी महत्वपूर्ण हुनेछ । आजको खेलमा काठमाण्डुविरुद्ध जित हासिल गर्दै अन्तिम खेल पनि जित्न सके पोखराको प्लेअफ सम्भावना कायम रहने छ ।

यदी आजको खेलमा पोखरा पराजित भएमा टोलीको प्लेअफ पुग्ने सम्भावना कमजोर बनाउने छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit