Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

कैलालीका सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई कडाइ

कैलालीका सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई कडाइ
विज्ञापन
Advertisement

अत्तरिया (कैलाली) । कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ। जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्नसक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

‘सुरक्षा चुनौतिलाई दृष्टिगत गरेर जाँचमा कडाइ गरिएको हो’ जोशीले भने, ‘शंकास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरुमा जानकारी गरी सहयोग गरी दिनहुन सबैमा अनुरोध गरिन्छ ।’

परिचय नखुलेका अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन तथा कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit