Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

२०३० भित्रै नेपाल दक्षिण एसियाको ‘मोबिलिटी हब’बन्न कति सम्भव?

२०३० भित्रै नेपाल दक्षिण एसियाको ‘मोबिलिटी  हब’बन्न  कति सम्भव?
विज्ञापन
Advertisement

 काठमाडाैं । अहिले युवामा आकांक्षा र असन्तोष दुवै उच्च छ । युवा आकांक्षा र असन्तोष सम्बोधन गर्न सकिने विषय उद्यमशीलता नै हो । युवालाई बदलिँदो परिवेशअनुसार अघि बढ्न प्रेरित गर्दै दिगोपनसँग जोड्नुपर्छ । युवालाई लगानी र मोबिलिटीको समानान्तर शक्तिका रूपमा अघि बढाउन जरुरी छ ।

विज्ञापन
Advertisement
Advertisement

युवा शक्ति, ऊर्जा शक्ति र रुपान्तरण शक्तिको तीन धारमा उभिएको छ, नेपाल । हालको युवा संख्याले श्रम बजारमा ऊर्जा थपेको छ । जलविद्युत्मा आधारित ग्रिडले हरित र किफायती ऊर्जामा भरोसा दिएको छ । जहाँ अटोमोबाइल उद्योग परम्परागत बिक्रीकेन्द्रित मोडलबाट सेवा, ऊर्जा र डिजिटल प्लेटफर्म मिसिएको ‘मोबिलिटी इकोसिस्टम’तर्फ रुपान्तरित हुँदै छ ।

अहिले विद्युतीय सवारीमा नै हेर्दा यसको बढोत्तरीले सहज सहर, वायु गुणस्तर र इन्धन आयात कम गर्नमा सकारात्मक मोड सम्भव बनाएको छ । चार्जिङ पूर्वाधार, लिट–टेक र ब्याट्री लाइफसाइकलजस्ता नयाँ क्षेत्र थपिएका छन् । यसले युवालाई उद्यममा जोडिने आधार दिएको छ । मोबिलिटीजस्तो बहुआयामिक क्षेत्रमा स–सानो भौतिक सम्पत्ति, डिजिटल प्लेटफर्म वा सेवा कौशलले पनि उद्यम सुरु गर्न सकिन्छ । युवाका लागि ‘पहिलो व्यवसाय’सुरु गर्ने सम्भावना यहाँ प्रशस्त छ ।

यी सबैका बीच पनि वित्तीय पहुँच अझै असमान छ । पुँजी हुँदा पनि सुरक्षित लगानी निश्चित नहुँदा धेरै युवा उद्यमतर्फ पहिलो कदम चाल्न हिच्किचाइरहेका छन् । यसका लागि नीतिगत स्थिरता दिँदै सकारात्मक दीर्घकालीन संकेत देखाउन जरुरी छ । नेपालमा हरेक वर्ष ठूलो संख्यामा युवा श्रम बजारमा प्रवेश गर्छन् । डिजिटल साक्षरता, सामाजिक सन्जाल, अनलाइन सिकाइको युगले युवालाई छोटो समयमा सीप सिक्ने अवसर दिएको छ । तर, विभिन्न संरचनागत कारणले रोजगारीमा देखिएको समस्याको समाधान हुन सकिरहेको छैन । मोबिलिटीजस्तो बहुआयामिक क्षेत्रमा स–सानो भौतिक सम्पत्ति, डिजिटल प्लेटफर्म वा सेवा कौशलले पनि उद्यम सुरु गर्न सकिन्छ । युवाका लागि ‘पहिलो व्यवसाय’सुरु गर्ने सम्भावना यहाँ प्रशस्त छ ।

युवा पुस्ताले ‘स्वामित्व’भन्दा ‘प्रवेश’लाई प्राथमिकता दिन थालेका छन् । यही कारण सब्स्क्रिप्सन, सेयरिङ र पेको यूज मोडेलले गति पाएको छ । यो प्रवृत्तिले सवारीमा स्वामित्व केन्द्रित सोचलाई विस्तारै सेवाग्राही केन्द्रित बनाइरहेको छ । छिटो, सरल, मोबाइल फस्र्ट, ट्रान्सपरेन्ट एवं सामाजिक प्रमाणसहित रेटिङ र रिभ्यूका कारण सेवा निर्णायक बन्दै छन् । मोबिलिटीमा अब तीन तत्वको मिसावट अनिवार्य छ, सवारी (हार्डवेयर), ऊर्जा (ग्रिड, स्टोरेज) र सेवा (डिजिटल प्लेटफर्म)। ‘गाडी
बेचियो, काम समाप्त’भन्ने युग समाप्त हुँदै छ । अब प्रयोग, मर्मत, चार्जिङ, ऊर्जा, बिमा, डेटा एनालिटिक्स, पुनः बिक्री मूल्य र ग्राहक जीवन चक्र (लाइफसाइकल) सम्हाल्न सक्ने, एउटै छानामुनि ‘वन स्टप’ समाधान दिनेहरू प्रतिस्पर्धात्मक बन्नेछन् । सञ्चालन लागतमा बचत, प्रतिकिमि ऊर्जा खर्च न्यून, मर्मतसम्भार कम, इन्जिन पाट् र्स तुलनामा हुने फरक, सार्वजनिक नीतिले बनाएको हरित अवधारणाजस्ता विषयले विद्युतीय सवारीलाई स्वीकार्यता बढ्दै गइरहेको छ । सामाजिक मान्यताका रूपमा स्वीकार्यता बढिरहँदा कर्पोरेट र पर्यटन क्षेत्रमा विद्युतीय महिलामैत्री चार्जिङ हब, सीसीटीभी, सेटी सवारी रोज्नेहरू बढिरहेका छन् ।

यसमा चार्जिङ पूर्वाधारमा संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने देखिन्छ । एसी मिड र डीसी फास्ट चार्जरको रणनीतिक मिश्रण आवाश्यक छ । सहरी क्लस्टरमा एसी मिडले ‘पार्क एन्ड चार्ज’ समाधान दिन्छ । राजमार्ग र हाई लो लोकेसनमा डीसी फास्ट अनिवार्य हुन्छ । व्यवसायको वास्तविक सूचक
अपटाइम, उपयोग घन्टा, सेसन कन्वर्जन र प्रयोगकर्ताको सन्तुष्टि प्रमुख हुन् । तराईमा राजमार्ग क्लस्टर र लास्ट माइल ई–कार्गो , पहाडमा माइक्रोग्रिडसँग जोडिएको स्मार्ट चार्जिङ र छोटो दूरी
सेवा साथै हिमाली र पर्यटन केन्द्रमा ‘ भ्यूपोइन्ट सटल’ जस्ता मोडल स्थानअनुरूपका समाधान हुन् । एकै मोडेल सबै ठाउँमा फिट हुँदैन ।

स्थान उपयुक्त डिजाइन, गुणस्तरीय हार्डवेयर र स्थानीय साझेदारी नै दीर्घकालीन सस्टेनेबिलिटीका आधार हुन् । यी सबैका बीच मोबिलिटीको दुनियामा युवालाई सानो आकारको र स्वपुँजीबाट गर्न सकिने काममा आकर्षित गर्न सकिन्छ । यसका लागि ई–स्कुटर, हेल्मेट, सेवाप्याक, क्यूआर पे, ई बाइक, राइड सेयरिङमा काम गर्न सकिन्छ । एपी मिड चार्जिङ, अन्डरग्राउन्ड पार्किङ, मल्टिपर्पस हलसँग साझेदारीमा काम गर्न सकिन्छ ।

डीसी फास्ट चार्जिङमा बसपार्क, हाइवे हब, अपटाइम एसएलए र मिनिमम गारेन्टी भाडामा काम गर्न सकिन्छ । साथै, ब्याट्री हेल्थ डायग्नोस्टिक्स सेन्सर,एप रिपोर्टमा पनि काम गर्न सकिन्छ । लीटका लागि बीटूबी गर्न सकिन्छ । ब्याट्री रिम्यानुफ्याक्चर र सेकेन्ड लाइफ–माइक्रोग्रिड, सौर्यसँग जोडिएका मिनी स्टोरेजमा काम गर्न सकिन्छ । ईभी सर्भिस माइक्रो फ्र्यान्चाइज डायग्नोस्टिक, टुल, ट्रेनिङ, पाट्र्स लजिस्टिक्समा काम गर्न सकिन्छ । चार्जर, केबल, माउन्ट असेब्लीमा मानकअनुसार स्थानीयकरण गरी काम गर्न सकिन्छ ।

भी ट्याक्सी, सटल–एयरपोर्ट, होटल, हेरिटेज रुटमा काम गर्न सकिन्छ । लीट म्यानेजमेन्ट, टेक–टेलिमेट्रिक्स, ड्राइभर स्कोर, रुट अप्टिमाइजेसनमा पनि काम गर्न सकिन्छ । डाटा इन्साइट्स, स्टुडियो चार्जिङ उपयोग, ट्राफिक हिटम्याप, ईभी रेडिनेस रिपोर्टमा काम गर्न सकिन्छ । साथै, राजमार्गमा ध्यान दिएर काम गर्न सकिन्छ ।

यसैगरी बागमती प्रदेशमा कर्पोरेट लिट, राइड पुल, क्याम्पस सटल, डेटा हब र एनालिटिक्स स्टुडियोमा काम गर्न सकिन्छ । गण्डकी प्रदेशमा पर्यटन सटल, भ्यूपोइन्ट, होटल, एयरपोर्ट, ईभी सटल,चार्जिङ टुरिजममा काम गर्न सकिन्छ ।

लुम्बिनी प्रदेशमा औद्योगिक करिडोरमा काम गर्न सकिन्छ । स्ट्यान्डर्डमा काम गर्न सकिन्छ । लगानीका लागि हेर्ने हो भने नेपालमा रेमिटेन्सले घरेलु बचतलाई मजबुत बनाएको छ । बैंकिङ प्रणालीमा तरलता घुमिरहेको छ ।

तर, उत्पादनमुखी क्षेत्रमा पुँजी आउने संरचना भने जुटाउनुपर्नेछ । यही ठाउँमा ‘ ब्लेन्डेड फाइनान्स’ जहाँ ग्यारेन्टी, ब्याज अनुदान, क्यापेक्स रिबेट र इक्विटी लोनको उचित मिश्रण हुन्छ । यसले नै दीर्घकालीन समाधान दिन सक्छ । लगानीका स्रोतमा  बैंक , एमएफआई युवा, महिला उद्यमी प्याकेज, माइक्रो लिजिङ, एसेट ब्याक्ड कर्जा हुन सक्छन् । भेन्चर क्यापिटल, एन्जेल–टेक लाइट प्लेटफर्ममा इक्विटी हुन सक्छन् । कर्पो रेट ग्रीन, ईएसजी इम्प्याक्टसहित रिटर्न सुविधा हुन सक्छ । नगरपालिका–बसपार्क, हाइवे हब, टुरिजम साइटमा चार्जिङ, लोजिस्टिक्सजस्ता काम पीपीपीमा हुन सक्छ ।

पुँजीबजार, म्युचुअल फन्ड, डिबेन्चर, ग्रीन बन्डजस्ता वित्तीय उत्पादनबाट लगानी जुटाउन सकिन्छ । पहिलो त नयाँ उद्यमलाई लाभको निश्चिन्तता हुनुपर्छ । ब्याज अनुदान र केही महिनासम्म क्यास फ्लो स्थिर नभएसम्म सहजीकरण गरिदिनुपर्छ । परिणाममा आधारित विभिन्न वित्तीय सहजीकरण गरिदिन सकिन्छ । जब नियम स्पष्ट र स्थिर हुन्छन् तब मात्र नयाँ उद्योगले गति पाउँछ । नियम पूर्वानुमानयोग्य हुन आवश्यक हुन्छ । स्थानीय उत्पादनलाई प्रोत्साहनको नीति हुनुका साथै

डेटा रिपोर्टिङ र ओपन इन्साइट्स संस्कृति हुन आवश्यक छ । जहाँ बजार, पूर्वाधार र रोजगारीका सूचक सार्वजनिक हुन्छन् । तिनले लगानीकर्ताको विश्वास बढाउँछ । सामाजिक–राजनीतिक अस्थिरता, मौसमी उतारचढाव, वित्तीय तरलता र ब्याजको चक्रमा स्थिर नीतिको निरन्तरता आवश्यक छ । उद्यमीले अरू सुरक्षित वित्तीय उपकरण पनि तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । ग्रिड
जोखिम सम्हाल्न डिमान्ड रेस्पोन्स, टाइम अफ डे ट्यारिफ र सेकेन्ड लाइफ स्टोरेजजस्ता मोडल उपयोगी हुन्छन् ।

प्रदेशअनुसार हेर्ने हो भने कोसीमा उद्योग र शिक्षामा ध्यान दिई त्यही नजिक
ईभी सर्भिस र एसी मिड चार्जिङमा काम गर्न सकिन्छ । पहाडी रुटमा स्मार्ट चार्जिङ राख्न सकिन्छ । मधेस प्रदेशमा पूर्व–पश्चिम कर्णाली प्रदेशमा माइक्रोग्रिड, मिनी हाइड्रोसँग जोडिएको स्मार्ट चार्जिङका साथै सामुदायिक ई–मोबिलिटीमा काम गर्न सकिन्छ । सुदूरपश्चिम प्रदेशमा सीमास्तरीय लजिस्टिक्स कार्गो , हाइवे हबमा डीसी फास्ट चार्जरलगायतका सम्भावना प्रशस्तै छन् ।

मानव संसाधन सीपका लागि विभिन्न तालिम र कार्यक्रममा ध्यान दिनुपर्ने हुन्छ । ईभी डायग्नोस्टिक्स तालिम, चार्जिङ अपरेसन, ब्याट्री इलेक्ट्रोनिक्स, टेलिमेट्रिक्स, डेटालगायतमा तालिमले सानो लगानीमा ठूलो प्रभाव पार्न सकिन्छ । उद्योग र शिक्षा क्षेत्रसँग सहकार्यगरी सीप कौशल र इकोसिस्टम छिटो सहज रूपमा निर्माण गर्न सकिन्छ ।

नेपालमा नयाँ निजी सवारीमा ईभीको हिस्सा सन् २०२५ मा ७३ प्रतिशतसम्म पुगिसकेको छ, जुन सन् २०३० सम्म ९० प्रतिशत पुग्ने देखिन्छ । चार्जिङ स्टेसनतर्फ हेर्ने हो भने सन् २०२५ मा ६० भन्दा धेरै
नेपाल विद्युत् प्राधिकरणबाट र अन्य सयौँ निजी साझेदारीबाट बनेका छन् । २०२७ सम्म यो संख्या १ हजारभन्दा धेरै र २०३० मा पुग्दा १५ सयभन्दा धेरै पुग्ने अनुमान गरिएको छ । त्यस्तै, विद्युत् उत्पादन सन् २०२५ मा ३६ सय मेगावाट, २०२७ मा ४५ सय र २०३० मा पुग्दा ६ हजार मेगावाटभन्दा बढी हुने अनुमान छ । नेपालसँग ऊर्जा क्षेत्रको सबलताका कारण पनि विद्युतीय सवारीको भविष्य थप उज्यालो देखिन्छ । यसमा नीतिगत स्थिरतासहित आवश्यक काम गर्ने हो भने सन् २०३० भित्रै नेपाल दक्षिण एसियाको ‘मोबिलिटी हब’बन्न सक्छ । यो यात्रा सम्भावनाको मात्र होइन, विश्वास पुनस्र्थापनाको यात्रा पनि हो ।

चौधरी नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष हुन् ।  उनकाे याे लेख नेपाल आर्थिक पत्रकार समाज ( सेजन)को स्मारिकामा प्रकाशित छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit