काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार बिहीबारको तुलनामा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल तीन हजार ५५५ रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, एक तोला चाँदी तीन हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्