काठमाडौं । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ। जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मतगणनाका सुरु गरिएको छ । दिउँसो १२ः१५ बजेदेखि सुरु हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो । दुर्गम तथा विकट मानिने भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका ढिला आइपुगेका कारण मतगणना आज मात्रै सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको जिल्लाका १२४ मतदान केन्द्रको मतपेटिका सडकमार्ग हुँदै मतपेटिका सङ्कलन गरिएको हो। मतगणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था छ । मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच गोरका क्षेत्र नं १ मा पनि मतगणना आजै दिउँसोबाट सुरु भएको छ । भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा यहाँ पनि मतदान सम्पन्न भएको दुईदिनपछि मात्रै यसक्षेत्रको मतगणना सुरु भएको हो । जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह्र १२ः३० बजेबाट मतगणना थालिएको मुख्यनिर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिए।
मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ। गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
















प्रतिक्रिया दिनुहोस्