Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

तीन लाख लगानीबाट सुरु गरेको व्यवसाय ८० लाखको कारोबारमा विस्तार, अण्डा बेचेरै मासिक डेढ लाख आम्दानी गर्दै राना

तीन लाख लगानीबाट सुरु गरेको व्यवसाय ८० लाखको कारोबारमा विस्तार, अण्डा बेचेरै मासिक डेढ लाख आम्दानी गर्दै राना
विज्ञापन
Advertisement

महेन्द्रनगर । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सन् २०१४ मा मलेसिया पुगेका २६ वर्षीय राना एक वर्षमै स्वदेश फर्किएका थिए। ‘एजेन्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए’ रानाले भने, ‘मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा पनि रोजगारीका लागि कुदेँ ।’ कामको खोजीमा भारत पुगेपनि त्यहाँ भनेजस्तो नभएपछि दुई वर्षअघि घर आएका उनले गाउँमै फार्म बनाएर अण्डा उत्पादनमा जुटेको बताए । कुखुरा पालन गेपछि रानाले छोटो समयमै व्यवसायमा सफलता हात पारेको सुनाए। ‘अहिले चार हजार कुखुराले अण्डा दिँदैछन् । मासिक नौ/दश लाखको कारोबार भए पनि मुनाफा अढाइ लाख भइरहेको छ ।’

व्यवसायी रानाले कात्तिक महिनादेखि माघसम्म अण्डाको व्यापार राम्रो हुने गरेको बताए । ‘एक हजार पाँच सय कुखुरा पाल्नबाट सुरु गरेको अहिले चार हजार कुखुरा छन्उ’ उनले भने, ‘तीस लाखबाट सुरु गरेको कारोबार अहिले ८० लाखको हाराहारीमा पुगिसकेको छ ।’ अहिले दैनिक दुई हजार पाँच सय देखि तीन हजार अण्डा बिक्री हुने गरेको छ । मलेसिया रोजगारीका बेला मामा नातापर्ने सीताराम राना त्यहाँ अण्डा उत्पादन कम्पनीमा कार्यरत थिए । ‘मामालाई भेट्न जाँदा आफूमा पनि स्वदेश गएर उत्पादनमा लाग्ने सोच पलायो, फर्किए पनि। लगानी नहुँदा केही समय भारत पनि पसेँ’ उनले भने, ‘धान कुटानीको मिल बिक्री गरेर आएको रकम अण्डा उत्पादनका लागि लगानी गरेर अघि बढे ।’

कृषि ज्ञान केन्द्र, पशु कार्यालय लगायतका सरोकार वाला निकायबाट भने कुनै खालको अनुदान रकम नपाएको रानाको भनाइ छ । उनले कञ्चनपुरमै पहिलो पटक आधुनिक (केजस्टक) प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका हुन । ‘गाउँ घरमा राना थारु समुदायले परम्परागत रुपमा त कुखुरा पाल्न थालेको दशकौँ भयो होला तर व्यावसायिक रुपले आधुनिक प्रविधिसँग जोडिएर यहाँ सुरु मैले नै गरेको हुँ ।’ व्यवसायी रानाले स्वदेशमै मिहेनत गरे राम्रो आम्दानी गर्न सकिने उल्लेख गरे । ‘लगानी, सीप र मेहनत भए रोजगारीका लागि खाडीमूलुक जान पर्देन’ रानाले भने । हाल भइरहेको आम्दानीबाट रानाले कुखुरा फार्ममै लगानी विस्तार गरिरहेका छन् ।

यस्तै उनले फार्मबाट उत्पादन भएको अण्डाको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको बताए । ‘यहाँको सबैजसो पालिकाका बजारमा अण्डा दैनिक बिक्री वितरणका लागि गइरहेको छ ।’ रानाले भने, ‘स्वदेश मै उत्पादनमूलक कार्यमा जुटेका हामी जस्ता युवाहरुलाई प्रोत्साहनका सरकारले ध्यान दिनुपर्छ निम्न आयस्तर भएको युवालाई कृषि, उत्पादनमा लाग्दा स्थानीयदेखि केन्द्र सरकारले सहयोगी प्याकेज दिनुपर्छ ।’

यस्तै उनले सरकारले उपलब्ध गराउने अनुदान तथा सहयोग वास्तविक किसानसम्म पुर्याउन सके रोजगारीको लागि विदेशिने हजारौँ युवालाई स्वदेशमै रोक्न सकिनेमा जोड दिए । ‘वास्तविक किसानसम्म सरकारको सहयोग पुग्ने हो भने धेरै युवाहरु घर आँगनमै रोजगारी पाउँछन्’ रानाले भने । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit