Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

पोखरा–समृद्धि फाइनान्स गाभिए, १.९० अर्ब पुँजीसहित २६ गतेदेखि कारोबार सुरु हुँदै

पोखरा–समृद्धि फाइनान्स गाभिए, १.९० अर्ब पुँजीसहित २६ गतेदेखि कारोबार सुरु हुँदै
तस्बिर एआई
विज्ञापन
Advertisement

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मर्जर प्रक्रिया पूरा गर्दै असार २६ गतेदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

एकीकृत कारोबारका लागि आवश्यक प्राविधिक कार्य गर्नुपर्ने भएकाले असार २५ गते एक दिनका लागि दुवै संस्थाका केन्द्रीय कार्यालय तथा सबै शाखाबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ।

मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख रुपैयाँ पुगेको छ भने ३६ शाखा र करिब ३०० कर्मचारीसहित सेवा सञ्चालन हुनेछ। कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको पुतलीसडकमा रहनेछ। अध्यक्षमा अजय मिश्र र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ रहने सहमति भएको छ। दुवै संस्था १स्१ शेयर स्वाप अनुपातमा गाभिएका हुन्।

एकीकृतपछि संस्थाको शाखा सञ्जाल ३६ वटा पुग्नेछ भने कर्मचारी संख्या करिब ३०० रहने बताइएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit