Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह
विज्ञापन
Advertisement

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताएका छन् । रास्वपाको महाधिवेशनस्थलमा आज उनले पार्टीमा कुनै गुट उपगुट नभएको दाबी गरे ।

विज्ञापन
Advertisement
Advertisement

‘सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ’, उनले भने । साहका अनुसार सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट नरहेको प्रस्ट भएको हो । उनले थप भने, ‘पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।’

यसैगरी, संविधान संशोधन कार्यदलको संयोजक रहेका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसारनै हुने बताए । उनले भने, ‘दलको आ–आफ्नो धारणा हुन्छ । बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit