काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य उकालो लागेको छ । आज बुधबारको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन त्यति नै परिमाणको सुन २ लाख ५२ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ३ हजार ८ सय ५ रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्