काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई २१ प्रतिशत नगद लाभांश दिने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले नेपाल लाइफका शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँ रहेको छ । त्यसको २१.०५ प्रतिशत अर्थात् १ अर्ब ९० करोड ७ लाख ९२ हजार २२५ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो।
प्रस्तावित लाभांशमध्ये चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १६.०५ प्रतिशत नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

















प्रतिक्रिया दिनुहोस्