Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनचाँदीको मूल्य हालसम्मकै महँगो, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको मूल्य हालसम्मकै महँगो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं। केही दिनदेखि नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ । बुधबार पनि सुनचँदीको मूल्य वृद्धि भएसँगै दुवै धातुमा उच्च मूल्यको नयाँ कीर्तिमान कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ५५ सय रुपैयाँले बढेको सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा पुगेर उच्च मूल्यको रेकर्ड कायम भएको थियो । साताको पहिलो कारोबार दिनदेखि नै निरन्तर वृद्धि भैरहेको सुनको भाउमा आज पुनः हालसम्मकै महँगो मूल्यको नयाँ रेकर्ड बनेको हो । पुस महिनाको सुरुमा २ लाख ५९ हजार कायम रहेको सुनको भाउ ९ गतेसम्म आइपुग्दा नौ हजार रुपैयाँ बढिसकेको छ।

यसैबीच, आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँले बढेको छ । मंगलबार ४ हजार २५५ रुपैयाँमा किनबेच भएको चाँदी मूल्य आज
चार हजार ४२० रुपैयाँ पुगेर हालसम्मकै महँगो बनेको छ। यसअघि सोमबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम थियो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit