Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कस्मेटिका २०२५ : नेपालको सौन्दर्य, वेलनेस र कस्मेटिक्स बजारमा नयाँ उत्सव

कस्मेटिका २०२५ : नेपालको सौन्दर्य, वेलनेस र कस्मेटिक्स बजारमा नयाँ उत्सव
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस उद्योग तीव्र रूपमा विस्तार हुँदै गएसँगै व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा परिचित यस एक्स्पो डिसेम्बर २६ देखि २८ ९पौष ११–१३० काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएका छन्।

हाउस अफ राजकर्निकारद्वारा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गर्नेछन्। कार्यक्रमको मिडिया पार्टनर वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फÞर र प्रिन्ट पार्टनर सागर आर्ट सर्भिस रहेका छन्।

कस्मेटिका २०२५ ले बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गर्दै नयाँ उत्पादन, सेवा, प्रविधि र ट्रेन्ड सार्वजनिक गर्ने लक्ष्य राखेको छ। एक्स्पोमा स्वदेशी तथा विदेशी ब्रान्ड, स्किनकेयर र हेयरकेयर कम्पनी, पर्सनल केयर तथा वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर इम्प्लान्ट क्लिनिक, डेन्टल क्लिनिक र कस्मेटिक क्लिनिकहरूको सहभागिता रहनेछ।

कार्यक्रम अवधिभर सौन्दर्य तथा वेलनेस क्षेत्रमा योगदान पुर्याएको महिलाहरूलाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल, नयाँ ब्रान्ड लन्च, लाइभ मेकअप र हेयर डेमो, कार्यशाला, सेमिनार र विज्ञसँग प्रत्यक्ष परामर्शका कार्यक्रम समावेश छन्।

पछिल्लो एक दशकमा नेपाली बजारमा कस्मेटिक्स तथा पर्सनल केयर उत्पादन र सेवाको माग तीव्र रूपमा बढेको छ। सामाजिक मूल्य, जीवनशैली र उपभोग संस्कृतिमा आएको परिवर्तनसँगै १६–३० वर्ष उमेर समूहका, शिक्षित र शहरी महिलाहरू प्रमुख उपभोक्ता बनेका छन्। काठमाडौँ उपत्यकामा कुल बिक्रीको करिब ६० प्रतिशत केन्द्रित छ भने महिलाले बजारको करिब ८० प्रतिशत हिस्सा ओगटेको देखिन्छ।

नेपालको कस्मेटिक्स र पर्सनल केयर बजार हाल करिब २३।६ अर्ब रुपैयाँको मूल्यमा पुगेको छ र २०२५ सम्म आयात २०।४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ। भारत, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, जापान, युरोपेली संघ र अमेरिकाबाट मुख्यतः आयात हुने यी उत्पादनको बजार वार्षिक २०–२५ प्रतिशत दरले बढिरहेको छ। कस्मेटिका २०२५ मार्फत उद्योगका नयाँ ट्रेन्ड, नविनतम प्रविधि र उपभोक्ताको रुचि बुझ्ने अवसर प्रदान हुने आयोजकले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit