Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुवागढी नाका २०८२ पुस १७ गतेदेखि सञ्चालनमा आउने

सुवागढी नाका २०८२ पुस १७ गतेदेखि सञ्चालनमा आउने
विज्ञापन
Advertisement

काठमाडौं। २०८२ साल असार २४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण क्षति पुगेको रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल पुनः सञ्चालनमा आउने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

पुल क्षतिग्रस्त भएपछि पूर्ण रूपमा अवरुद्ध रहेको उक्त दुई देशीय नाका आगामी २०८२ साल पुस १७ गते देखि सञ्चालनमा ल्याइने तयारी भएको सम्बन्धित कार्यालयले जनाएको छ।

बाढीपछि पुल भत्किँदा रसुवागढी नाका हुँदै हुने आयात–निर्यात तथा आवागमन पूर्ण रूपमा ठप्प भएको थियो भने सडक सम्पर्कसमेत विच्छेद भएको थियो। यसबीच नेपाल सरकार र चीनियाँ सरकारको द्विपक्षीय पहल, समन्वय तथा सहजीकरणमा क्षतिग्रस्त स्थानमा वेलीब्रिज निर्माण सम्पन्न गरिएको छ।

कार्यालयका अनुसार निर्माण सम्पन्न भएको वेलीब्रिजको भारवहन क्षमता लगायतका प्राविधिक पक्षहरूको परीक्षणसमेत भइसकेको छ। नाका कहिलेबाट सञ्चालनमा आउँछ भन्ने विषयमा व्यवसायी, विभिन्न संघ–संस्था, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूबाट निरन्तर जिज्ञासा आएपछि चीनियाँ समकक्षी पक्षसँगको समन्वयमा सञ्चालन मिति तय गरिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit