Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हात्ती लक्ष्मीकली बनिन् यो वर्षको सर्वाधिक गोलकर्ता प्रथम

हात्ती लक्ष्मीकली बनिन् यो वर्षको सर्वाधिक गोलकर्ता प्रथम
विज्ञापन
Advertisement

नारायणगढ (चितवन)। सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित रोचक हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) मा लक्ष्मीकली प्रथम भएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

कसरा पर्यटन व्यवसायी सङ्घकी लक्ष्मीकलीले प्रतियोगितामा कुल १२ अङ्क (गोल) प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगिताका क्रममा उनले सात ‘पेनाल्टी’ जोगाउन सफल भएकी थिइन्

महोत्सवअन्तर्गत हात्ती पेनाल्टी प्रतियोगिताका संयोजक विनोद तिम्सिनाका अनुसार क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनकी बसन्तीकली (बी) दोस्रो भएकी छन् । उनले १० अङ्क प्राप्त गरिन् भने छ पेनाल्टी जोगाउन सफल भइन् ।

यसैगरी सौराहा जिप तथा डुङ्गा बुकिङ सेन्टरकी मारुतीकली नौ अङ्क प्राप्त गर्दै तेस्रो भइन् । उनी ११ पेनाल्टी जोगाउन सफल भइन् । छवटा हात्ती सहभागी प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडकी चम्पाकली छ अङ्कसहित चौथो स्थानमा रहिन् । उनले तीन पेनाल्टी जोगाइन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहाकी बसन्तीकली (ए) पाँचौँ स्थानमा रहिन् । उनले पाँच अङ्क प्राप्त गर्दै तीन पेनाल्टी जोगाइन् । निकुञ्ज सफारी प्रालिकी पूजाकली दुई अङ्कसहित छैटौँ स्थानमा रहिन् । उनले एक पेनाल्टी जोगाउन सफल भइन् ।

प्रतियोगिताको सदस्यहरूमा अवित गुरुङ र रोमन महतो रहेका थिए भने रेफ्रीको भूमिकामा भीष्म चौधरी र सान्ते चौधरी रहेका थिए । महोत्सवका तीनै दिन हात्ती पेनाल्टी खेल आयोजना गरिएको थियो । तीन दिनको कुल अङ्कका आधारमा आज अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहा तथा चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती महोत्सव आयोजना हुँदै आएको छ ।

सौराहास्थित बाघमारा चौरमा आयोजित तीनदिने महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit