Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कामना सेवा विकास बैंकद्वारा स्याङ्जामा पोशाक तथा शैक्षिक सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा स्याङ्जामा पोशाक तथा शैक्षिक सामग्री वितरण
विज्ञापन
Advertisement

काठमाडाैं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–४ स्थित श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको शाखा कार्यालय बिरौटाको पहलमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद पोखरेललाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विपन्न विद्यार्थीहरूलाई प्रदान गरेको सहयोगले उनीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले शिक्षा क्षेत्रमा गरिएको यस्तो सहयोगले समुन्नत समाज निर्माणमा योगदान पुग्ने बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit