Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मेटलाइफ नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग

मेटलाइफ नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । मेटलाइफ नेपालले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेटलाइफ नेपालले उपलब्ध गराएको उक्त रकम कोषमा जम्मा गरिएको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाललाई गराएका हुन्।

कोषमा पुर्‍याएको योगदानका लागि अर्थमन्त्री खनालले नेपाल सरकारको तर्फबाट मेटलाइफ नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गर्दै निजी क्षेत्रको यस प्रकारको सहयोगले पुनर्निर्माण र आर्थिक पुनरुत्थानका प्रयासमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

अर्थ मन्त्रालयका अनुसार आजको मितिसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कुल १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ रकम जम्मा भइसकेको छ। सरकारले आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनरुत्थानका लागि उक्त कोषमार्फत आवश्यक कार्य अघि बढाइरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit