Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्दै प्रर्दशनकारी सडकमा, तीनजना पक्राउ

वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्दै प्रर्दशनकारी सडकमा, तीनजना पक्राउ
विज्ञापन
Advertisement

रौतहट । वीरगञ्जमा प्रशासनले महमागरपालिकाको मुख्य क्षेत्रमा जारी गरेको निषेधाज्ञाको उल्लंघन भएको छ । प्रशासनको निषेधाज्ञालाई उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रहरी र प्रर्दशनकारीबीच तनाव उत्पन्न भएको छ । दुई समुदायबीचको विवादपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले आज दिउँसो निषेधाज्ञा जारी गरे पनि त्यसको केहि समयपछि नै अलखिया चोक र लाठ गल्ली चोक लगायतका क्षेत्रमा प्रर्दशनकारी समुहले नाराबाजी गर्दै निषेधाज्ञालाई तोडेका हुन् ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छने सोही क्रममा एक युवक घाइते भएको बताइएको छ। मुर्ली चोकमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पत्रकारमाथि आक्रमण र महासंघको आपत्ति
प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा’भोजपुरी टाइम्स दैनिक’का कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन्। उनीहरूले साहको मोबाइल समेत खोसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ। महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको यस कार्यलाई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारको गम्भीर हनन भनिएको छ। महासंघले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सञ्चारकर्मीहरूलाई पनि संयमता अपनाउन अपिल गरेको छ।

सुरक्षा व्यवस्था कडा
विगत दुई दिनदेखि सामाजिक र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि बढेकाले वीरगञ्जका विभिन्न संवेदनशील क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको छ। यद्यपि, घण्टाघर चोक, माइस्थान र बसपार्क क्षेत्रको जनजीवन भने सामान्य रहेको छ। प्रशासनले सर्वसाधारणलाई कुनै पनि प्रकारको अफवाहमा नलाग्न, शान्ति र संयमता कायम राख्न तथा सुरक्षाकर्मीलाई सहयोग गर्न विशेष आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit