Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन

कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पाद बैठकले राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले संविधान निर्माणमा संलग्न दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो । नेता वीरबहादुर बलायरले बैठकले गठबन्धन गर्ने निर्णय गरेको र सीट संख्याबारे नेताहरू बसेर सहमति जुटाउने बताए । त्यस्तै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार साँझसम्म सबै दलसँग कुरा मिल्ने बताए। भोलि (मंगलबार) उम्मेदवारको टुंगो लगाइने उनको भनाइ छ ।

त्यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गरेका थिए । बैठकमा विशेष महाधिवेशनको विषयले चर्चा पाएन । तथापी, विशेष महाधिवेशन अभियन्ताका तर्फबाट नेता देवराज चालिसेले पुनः नेतृत्वको ध्यानाकर्षण गराएका थिए । चालिसेले विशेष महाधिवेशनका पक्षमा ५४.५८ प्रतिशत सदस्यले हस्ताक्षर गरेका, विधिसम्मत रूपमा उक्त प्रस्ताव दर्ता रहेकाले निस्क्रिय नहुने दाबी गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit