Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा १२१ बढी

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा १२१ बढी
विज्ञापन
Advertisement

रूपन्देही । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त अवधिमा ६ अर्ब ५० करोड ३२ लाख सात हजार रुपैयाँ सङ्कलन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयले गत आवको सोही अवधिमा चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए । कार्यालयले पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको १२१ दशमलव एक प्रतिशत बढी राजस्व संकलन भएको पोख्रेलले जानकारी दिए ।

उनका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ। आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit