Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘चोइटिएर गएकालाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन्’

‘चोइटिएर गएकालाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन्’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको दाबी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार आधिकारिकता दाबी गर्न नेताहरुसहित निर्वाचन आयोगमा पुगेका खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ हस्ताक्षर कर्ताले हस्ताक्षर फिर्ता लिएको दाबी गरे। उनले विशेष महाविधवेशनका सन्दर्भमा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन् ।

यस्तै उनले कांग्रेसको आधिकारिकताप्रति देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेको बताए । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आज आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेका हुन् । कार्यवाहक सभापति खड्काले दल विभाजनका सन्दर्भमा आयोगका विगतका निर्णय र नजिर विपरीत कांग्रेस आधिकारिकताको टुङ्गो लगाएमा त्यो मान्य नहुने स्पष्ट भनेका छन् ।

कांग्रेस नेता डा शेखर कोइरालाले लोकतान्त्रिक पद्धतिअनुसार पार्टी आधिकारिकताको निर्णय हुने विश्वास व्यक्त गर्दै सिङ्गो केन्द्रीय समिति उपस्थित भएर अनुरोध गरेको जानकारी गराए । उनले विधानको स्पष्ट व्यवस्था उल्लेख गर्दै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार राखेपनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि भने केन्द्रीय कार्यसमितिले मात्रै बनाउनुपर्ने बताए । नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमै उपस्थित रहेको उल्लेख गर्दै उनले केही व्यक्ति मात्र अलग्गिएको टिप्पणी गरे ।

उनले भने, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बोलाउने अधिकार छ । तर विशेष अधिवेशन कार्यसूची, कार्यतालिका, कार्यविधि सबै केन्द्रीय कार्य समितिले बनाउनुपर्छ भन्ने कुरा प्रष्ट रुपले विधानले भनेको छ । नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्य समिति निर्वाचन आयोगमै हुनुहुन्छ । केही चोइटिएर जानुभएको होला ।’

कोइरालाले नेपाली कांग्रेसको विधानअनुसार कुनैपनि पदाधिकारी वा व्यक्तिलाई एकल रूपमा विशेष महाधिवेशन बोलाउने अधिकार नदिइएको स्पष्ट पारे । उनले भने, ‘विधानमा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार नै छैन । कसैले कुनै पदाधिकारी या कसैले पनि विशेष अधिवेशन बोलाउने अधिकार छ की छैन, कांग्रेसको विधानले त्यो अधिकार दिएको छैन ।’

विशेष महाधिवेशनका लागि संकलन गरिएका हस्ताक्षरमध्ये धेरै फिर्ता भइसकेको दाबी गर्दै नेता कोइरालाले ती हस्ताक्षर फिर्ता भएको निस्सा प्रमाणका रूपमा आफूहरूले ल्याएको समेत बताए । दस्ताबेज ग्रहण गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विधि र पद्धतिमा रहेर आयोगले निर्णय गर्ने बताए । उनले निर्वाचनका सबै कार्यक्रममा सक्रिय सहभागिताका लािग पनि अनुरोध गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit