Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तारागाउँ रिजेन्सीले शेयरधनिलाई वितरण गर्यो नगद लाभांश

तारागाउँ रिजेन्सीले शेयरधनिलाई वितरण गर्यो नगद लाभांश
विज्ञापन
Advertisement

काठमाडौं । जेनजी आन्दोलनका कारण क्षति पुगेपछि पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश माघ २ गतेदेखि पुस ६ गतेसम्म कायम शेयरधनीहरूको बैंक खातामा वितरण गरिएको हो भने धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूलाई सम्बन्धित बैंकको नो अब्जेक्सन लेटर वा फुकुवापत्रपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ०७३/७४ देखि अधिकांश वर्ष लाभांश वितरण गर्दै आएको थियो । अघिल्लो आवमा करसमेत ११ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष हालसम्मकै न्यून ५ प्रतिशत लाभांश वितरण गरेको हो । आन्दोलनका क्रममा होटलका संरचनामा ठूलो क्षति पुगेकाले हाल मर्मतसम्भारका कारण होटल पूर्ण रूपमा बन्द छ र पुनः सञ्चालनमा आउन करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ ।

१ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी र १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी जगेडा कोष रहेको कम्पनी होटल बन्द रहँदा चालू आर्थिक वर्षको असोज मसान्तसम्म २ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा पुगेको जनाएको छ । जबकि गत वर्ष यही अवधिमा कम्पनीले ४ करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit