Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मलेसियामाको आर्थिक वृद्धि तीव्र, उत्पादन क्षेत्र ६ प्रतिशतले बढ्यो

मलेसियामाको आर्थिक वृद्धि तीव्र, उत्पादन क्षेत्र ६ प्रतिशतले बढ्यो
विज्ञापन
Advertisement

मलेसियाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ५.७ प्रतिशतले विस्तार भएको छ। यो अघिल्लो त्रैमासिकको ५.२ प्रतिशत वृद्धिदरभन्दा बढी हो । मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानमा यो जानकारी दिइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

विभागका अनुसार ५.७ प्रतिशतको यो वृद्धिदर सन् २०२४ को दोस्रो त्रैमासिकपछि यताकै सबैभन्दा उच्च हो। सन् २०२५ पूरै वर्षको हिसाबले मलेसियाको अर्थतन्त्र ४.९ प्रतिशतले बढेको छ, जुन सन् २०२४ को ५.१ प्रतिशत वृद्धिदरको नजिक छ।

चौथो त्रैमासिकमा देखिएको बलियो आर्थिक वृद्धिको मुख्य आधार सेवा क्षेत्र रह्यो, जसमा ५.४ प्रतिशतको वृद्धि भएको छ। यसमा थोक तथा खुद्रा व्यापार, यातायात तथा भण्डारण, साथै खाद्य पदार्थ, पेय पदार्थ र आवास उपक्षेत्रको योगदान उल्लेखनीय रहेको विभागले जनाएको छ । उत्पादन क्षेत्र ६ प्रतिशतले बढेको छ। यसमा विद्युतीय, इलेक्ट्रोनिक तथा अप्टिकल सामग्री, साथै वनस्पति तथा पशुजन्य तेल, बोसो र खाद्य प्रशोधन उद्योगले प्रमुख भूमिका खेलेका छन् । निर्माण क्षेत्रको वृद्धिदर ११.९ प्रतिशतमा कायम रहँदै सशक्त देखिएको छ। गैरआवासीय भवन निर्माण तथा विशेष निर्माण गतिविधिमा भएको तीव्रताले यस क्षेत्रलाई अघि बढाएको हो ।

कृषि क्षेत्रमा पनि उल्लेखनीय सुधार देखिएको छ। तेस्रो त्रैमासिकमा ०.४ प्रतिशत मात्र रहेको वृद्धिदर चौथो त्रैमासिकमा ५.१ प्रतिशत पुगेको छ। यसको मुख्य कारण तेलखजुर उत्पादनमा वृद्धि हुनु हो। यस्तै, खानी तथा उत्खनन क्षेत्रमा १.१ प्रतिशतको वृद्धि दर्ता गरिएको छ । कच्चा तेल तथा कन्डेन्सेट उत्पादन सुस्त रहेकाले यस क्षेत्रको वृद्धिदर सीमित रहेको विभागले जनाएको छ।सिन्ह्वा

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit