बुटवल ( रुपन्देही) । हयात प्लेस बुटवलले सन् २०२६ को नयाँ वर्षलाई भव्य रूपमा स्वागत गर्न विशेष कार्यक्रम “न्यु इयर्स इभ अन्डर द स्टार्स” आयोजना गर्ने भएको छ। खुला आकाशमुनि पुलसाइडमा आयोजना हुने यो कार्यक्रम मनोरञ्जन, संगीत र उत्सवको संयोजनसहित अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।
कार्यक्रममा सहभागीहरूले ‘अनलिमिटेड बेभरेज’, मध्यरातको काउन्टडाउन, लाइभ मनोरञ्जन तथा खुला आकाशमुनिको पुलसाइड सेलिब्रेसनको मजा लिन सक्नेछन्। आयोजकका अनुसार कार्यक्रमलाई अझ आकर्षक बनाउन चर्चित सेलिब्रेटी डिजे सुबुही जोशी, स्थानीय ब्यान्डको लाइभ प्रस्तुति, डिजेको संगीत, बेली डान्स र आइटम डान्सजस्ता प्रस्तुति समावेश गरिएको छ। साथै, लाइभ बार्बिक्यु ९बदेल० को व्यवस्था पनि रहनेछ।
हयात प्लेस बुटवलले दुई प्रकारका प्याकेज सार्वजनिक गरेको छ। कपल पार्टी प्याकेज अन्तर्गत दुई जनाका लागि प्रवेश, अनलिमिटेड बेभरेज, लाइभ मनोरञ्जन र पुलसाइड काउन्टडाउन समावेश गरी नेपाली रुपैयाँ १६,९९९ ९भारु १०,६२५० तोकिएको छ।
त्यस्तै, स्टे एण्ड पार्टी प्याकेज मा दुई जनाका लागि एक रातको बसाइ, पार्टी प्रवेश, अनलिमिटेड बेभरेज तथा बिहानको ब्रेकफास्टसहित नेपाली रुपैयाँ २४,९९९ ९भारु १५,६२५० शुल्क तोकिएको छ।
२८ डिसेम्बर २०२५ सम्म मान्य अर्ली बर्ड अफर अन्तर्गत कपल पार्टी प्याकेज १२,९९९ रुपैयाँ र स्टे एण्ड पार्टी प्याकेज १९,९९९ रुपैयाँमा उपलब्ध हुनेछ।
यस अवसरमा हयात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नागरले खुला, ऊर्जावान र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए। “डाँडाकाँडाको सुन्दर दृश्य, लाइभ म्युजिक र तारामुनि मनाइने ओपन स्काई पुलसाइड सेलिब्रेसनले पाहुनाहरूलाई सन् २०२६ को सुरुवात पूर्ण जोस र स्टाइलका साथ गराउनेछ,” उनले भने।
सीमित टेबल मात्र उपलब्ध हुने भएकाले इच्छुक पाहुनाहरूलाई समयमै रिजर्भेसन गर्न होटलले आग्रह गरेको छ। रिजर्भेसनका लागि ं९७७ ९७०–५४६३०२८ वा ९७०–५४६३०२७ मा सम्पर्क गर्न सकिनेछ भने थप जानकारीका लागि हयात प्लेस बुटवलको आधिकारिक वेबसाइट भ्रमण गर्न सकिनेछ।

















प्रतिक्रिया दिनुहोस्