Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दराज नेपालद्वारा ‘१२.१२ ग्रान्ड इयर एन्ड सेल’ घोषणा, ८० प्रतिशतसम्म छुट र आकर्षक उपहार

दराज नेपालद्वारा ‘१२.१२ ग्रान्ड इयर एन्ड सेल’ घोषणा, ८० प्रतिशतसम्म छुट र आकर्षक उपहार
विज्ञापन
Advertisement

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले वर्षकै सबैभन्दा ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा ‘१२.१२ ग्रान्ड इयर एन्ड सेल’ घोषणा गरेको छ।  मंसिर २५ राति ८ बजेबाट सुरु हुने यो सेल पौष ३० सम्म सञ्चालन हुनेछ। सेल अवधिभर ग्राहकहरूले ८० प्रतिशतसम्मको फ्ल्यास सेल, ७० प्रतिशतसम्मको मेगा डिल तथा छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधा प्राप्त गर्न सक्ने दराजले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस वर्षको १२.१२ सेलमा विभिन्न साझेदार ब्रान्डहरूमार्फत विशेष छुट उपलब्ध हुनेछ। प्लाटिनम पार्टनर सेताफिलले ४१ प्रतिशतसम्म छुट दिनेछ भने गोल्ड पार्टनर ¥होटो, ब्राण्डहाउस र ब्ष्धष्दष् मार्फत ६० प्रतिशतसम्म छुट पाउन सकिनेछ। यस्तै, स्ट्रिक्स, नाइकी र लोट्टो नेपालजस्ता सिल्भर पार्टनरहरूका उत्पादनमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

सेलको प्रमुख आकर्षणका रूपमा ‘क्रेजी फ्ल्यास सेल’ डिसेम्बर ११ को राति ८ बजेदेखि सुरु हुने बताइएको छ। सीमित स्टकमा उपलब्ध यी डिलहरूसँगै दैनिक प्राइस–ड्रप अफरहरूबाट पनि उपभोक्ताले मनग्य लाभ लिन सक्नेछन्।

कम्पनीले खल्ती वालेटमार्फत भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि थप सुविधा प्रदान गरेको छ। सेल अवधिभर खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म ९अधिकतम रु। २००० छुट पाउन सकिन्छ, जसले क्याशलेस भुक्तानीलाई अझ प्रोत्साहन गर्ने विश्वास दराजले व्यक्त गरेको छ।

यसपटक दराजले आफ्ना ग्राहकहरूलाई आकर्षक उपहार जित्ने अवसर पनि उपलब्ध गराएको छ। ‘एड टू कार्ट एन्ड विन’मार्फत रु। १०,००० भन्दा बढीका सामान कार्टमा राख्ने एक भाग्यशाली ग्राहकले अलेवा स्टील स्मार्टवाच, ड्रिपपड्स इयरबड्स र गिज्मो पावर बैंकसहित करिब  १२ हजार ९ सय ९९ मूल्यका उपहार जित्न सक्नेछन्। उता, ‘बाय एन्ड विन’ फिचरअन्तर्गत पाँच भन्दा बढीको अर्डर गर्ने ग्राहकहरू हावेल्स बन्डल, लोट्टो रनिङ शुज, रेडमी बड्स फाइभ ए र सियाओमी क्यामेरा सी टु २००जस्ता विभिन्न उपहारको लागि लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्।

दराजले बेष्ट प्राइस ट्याग भएका सामग्रीमा विशेष सुविधा प्रदान गर्दै उपभोक्तालाई अन्य कुनै पनि नेपाली अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा फेला परे मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले १२.१२ सेलबारे थप जानकारीको लागि आफ्नो वेबसाइट, फेसबुक पेज वा दराज एप भ्रमण गर्न ग्राहकहरूलाई आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit