Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेपाल पुनःनिर्माण कोषमा नौ लाख आर्थिक सहयोग

नेपाल पुनःनिर्माण कोषमा नौ लाख आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकामा बस्ने नेपालीहरुको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया)ले नेपाल पुनःनिर्माण कोषका लागि करिब नौ रुपैयाँ लाख बराबर सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए । उनले जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सङ्कलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई–नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराएकामा धन्यवाद दिइरुन् । यस्तै उनले नेपालमा अप्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीले गर्दै आएको सहयोगको सराहना पनि गरेकी छन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘जब यहाँ हामी समस्यामा हुन्छौँ, कुनै विपद् वा महामारी हुन्छ, तपाईंहरु विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ । खाई–नखाई रकम जग्मा गरेर सहयोग गर्नुहुन्छ । यही हो नेपालीपन भनेको । आखिर आफ्नो देश आफ्नै हुन्छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit