Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका लागि पहिले नै सम्झौता गरिसकेको दाबी गरेका छन् । उनले चीनलाई पनि भेनेजुएलाको तेल किन्न खुला रूपमा आग्रह गरे ।

विज्ञापन
Advertisement
Advertisement

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनलाई भेनेजुएलाको तेल बिक्रीका लागि आफू ठूलो सम्झौता गर्न तयार रहेको बताएका हुन् । उनले भारत चाँडै भेनेजुएलाको तेल खरिद प्रक्रियामा प्रवेश गर्ने र इरानबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट आयात गर्ने योजना बनेको प्रस्ट पारेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार यस विषयमा सम्झौताको अवधारणा पहिल्यै तयार भइसकेको छ ।‘हामीले पहिले नै एउटा सम्झौता गरिसकेका छौँ। भारत आउँदैछ र उनीहरूले इरानबाट किन्नुको सट्टा भेनेजुएलाको तेल किन्न जाँदैछन्। त्यसैले हामीले सम्झौताको ढाँचा बनाइसकेका छौँ’, ट्रम्पले भने। उनले चीनलाई पनि भित्र आएर तेल किन्न स्वागत रहेको दोहो¥याए ।

तर भारत सरकारले अहिलेसम्म राष्ट्रपति ट्रम्पको यस टिप्पणीबारे औपचारिक प्रतिक्रिया दिएको छैन।यसअघि राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकालाई पाँच अर्ब २० करोड अमेरिकी डलर बराबरको पाँच करोड ब्यारेल तेल प्रस्ताव गरेको र त्यसमा सहमति भइसकेको दाबी गरेका थिए । साउदर्न बुलेभार्डको नाम परिवर्तन गरी डोनाल्ड ट्रम्प बुलेभार्ड बनाउने विषयमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ नेतृत्वसँग निरन्तर संवाद भइरहेको बताए ।

‘हामी नयाँ राष्ट्रपतिसँग र देश सञ्चालन गर्ने अन्य व्यक्तिहरूसँग कुरा गरिरहेका छौँ। उनीहरूले भने, हामीसँग पाँच करोड ब्यारेल तेल छ र यसलाई तुरुन्तै प्रशोधन गर्नुपर्छ किनकि भण्डारणको ठाउँ छैन। के तपाईँ लिनुहुन्छ? सोधे । मैले भनेँ, हामी लिन्छौँ”, ट्रम्पले भनेका छन् । उनका अनुसार उक्त तेलको मूल्य पाँच अर्ब २० करोड अमेरिकी डलर बराबर पर्छ । राष्ट्रपति ट्रम्पले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत पक्राउ गरेपछि बनेको अन्तरिम सरकारसँग अमेरिकाको सम्बन्ध राम्रो रहेको चर्चा गरे । ‘हामी अन्तरिम राष्ट्रपति रहेका व्यक्ति र अन्य सबैसँग राम्रो सम्बन्धमा छौँ । धेरै दबाब कम भएको छ’ ट्रम्पले भने।

मदुरोको नियन्त्रण अन्त्य भएपछि ट्रम्पले वासिङ्टनले भेनेजुएलालाई सङ्क्रमणकालमा सहयोग गर्ने र तेलसहित अन्य स्रोतमा पूर्ण पहुँच चाहेको स्पष्ट बताएका थिए । राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणीले न्युयोर्कस्थित समाचार संस्था सेमाफोरको हालैको रिपोर्टलाई पनि पुष्टि गरेको छ। उक्त रिपोर्टअनुसार अमेरिकाले भेनेजुएलाको तेलको पहिलो बिक्री गरेको छ, जसको मूल्य करिब ५० करोड अमेरिकी डलर छ।

सेमाफोरका अनुसार तेल बिक्रीबाट प्राप्त हुने रकम हाल अमेरिकी सरकारको नियन्त्रणमा रहेको बैंक खातामा राखिएको छ। प्रशासनका एक अधिकारीले शुक्रबार जारी आदेशमा यसको सङ्केत गरेको र अर्का वरिष्ठ अधिकारीका अनुसार मुख्य खाता कतारमा अवस्थित रहेको उल्लेख छ। एएनआई

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit