Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

छ महिनामा तीन अर्ब २७ करोड राजस्व संकलन, एकै महिनामा उठ्यो ८१ करोड रुपैयाँ

छ महिनामा तीन अर्ब २७ करोड राजस्व संकलन, एकै महिनामा उठ्यो ८१ करोड रुपैयाँ
विज्ञापन
Advertisement

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको प्रथम छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजारले बढी हो ।

विज्ञापन
Advertisement
Advertisement

यसैगरी चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख दुई हजार संकलन भएको छ । साथै, ब्याजकरतर्फ तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ८१ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन उक्त कार्यालयले जनाएको छ ।

गत आवको सोही अवधिमा कार्यालयले तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो ।
उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार ८४९, अन्तशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फका ८१ हजार ८१२ करदाता सूचीकृत छन्।

कर दाखिला गर्न आनाकानी गर्ने करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी १० करोड रुपैयाँ बक्यौता असुली भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit