Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

करिब एक करोड ३८ लाख मतपत्र छापिए

करिब एक करोड ३८ लाख मतपत्र छापिए
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका उक्त संख्यामा मतपत्र छपाई गरिएको हो । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुरको मतपत्र छापिएका हुन् ।

यस्तै, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वतलगायतका मतपत्र पनि छापिइसकेका छन् । हाल दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको छ ।

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छापिइसकेका छन् । प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक पर्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit