Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

तामाकोशी नदीमा बस खस्दा चार जनाको मृत्यु, उद्धारमा कठिनाई

तामाकोशी नदीमा बस खस्दा चार जनाको मृत्यु, उद्धारमा कठिनाई
विज्ञापन
Advertisement

रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।

रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ। उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit