Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

रामेछाप बस दुर्घटना अपडेटः मृतक १० जनाको सनाखत, दुईको बाँकी

रामेछाप बस दुर्घटना अपडेटः मृतक १० जनाको सनाखत, दुईको बाँकी
विज्ञापन
Advertisement

रामेछाप। रामेछापको सदरमुकाम मन्थली नजिक तामाकोसी नदीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। ६ जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको र ६ वटा शव घटनास्थलमा फेला परेको हो।

विज्ञापन
Advertisement
Advertisement

मृतक १२ जनामध्ये १० जनाको सनाखत भएको छ। मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का भीमबहादुर तामाङ, सोही वडाकी सानुमाया तामाङ, रमिता तामाङ र तारा तामाङ रहेका छन् । यस्तै, लिखु तामाकोशी–४ की बबी तामाङ र दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ कै मानकुमारी बरुवाल रहेका छन् । यसैगरी, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का मानबहादुर तामाङ रहेको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए । मृतक दुई जनको सनाखत हुन बाँकी रहेको उनले बताए ।

रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार उक्त दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका थिए। घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको ०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit